ताल्चा फोडेर घर प्रवेश गरेकी निलम असुरक्षित !

काठमाडौं । घरको ताल्चा फोडेर गृह प्रवेश गरेकी ३१ वर्षीया डा. निलम कुमारी साहले आफू परिवारबाट असुरक्षित भएको बताएकी छिन् ।

गत वैशाखा १६ गते सुरक्षाकर्मी र अधिकारकर्मीहरुको सहयोगमा घरको ताल्चा फोडेर घरमा प्रवेश गरेकी थिइन् । 

पर्सा जिल्ला अदालतको अन्तरिम संरक्षणात्मक आदेशपछि वीरगञ्ज महानगरपालिका ६ स्थित ससुरा गम्भिर साहको घर प्रवेश गरेकी निलम त्यसयता बाहिर निस्किएकी छैनन् । 

शनिवार सासु, ससुरासहित आफन्तहरु आएर घरका सबै कोठामा ताल्चा लगाएर गएको र आफू बस्ने कोठाको झ्याल समेत बन्द गर्दै थिए उनले बताइन् ।

उनले भनिन्, ‘म बसेको कोठामा हावा आउने झ्याल पनि बन्द गर्दै थिए । तर, मैले त्यो बन्द गर्न दिइन ।’

‘त्यसपछि उहाँहरु आउनुभएको त छैन, तर मलाई डर लागिरहेको छ’ उनले भनिन् । 

निलमले परिवारबाट मानसिक तथा शारीरिक यातना दिएको र घरबाट निकालिएको भन्दै पर्सा जिल्ला अदालतमा घरेलु हिंसा सम्बन्धी मुद्दा दायर गरेकी थिइन् ।  

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड ३२ छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?