‘प्रधानमन्त्रीज्यू सरकारले टिकटक बन्द गर्यो तर सत्ता पक्षकै नेताको एकाउन्ट किन अपडेट छ ?’

लोकपथ
637
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले टिकटक बन्द गरे पनि सत्ता पक्षकै नेता कार्यकर्ताको टिकटक एकाउन्ट अपडेट रहिरहेको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै सांसद पराजुलीले टिकटक बन्द हुनुअघि र भइसकेपछि अपराध र विकृती नियन्त्रणमा के कस्तो प्रगती भएको छ भन्दै प्रश्न गरे ।

‘केही समय अघि अपराध र विकृती फैलाएको भन्दै टिकटक बन्दको नाटक मन्चन भएकोमा हाल सत्ता पक्षकै नेता कार्यकर्ताको अकाउन्ट अपडेट भएको पाइन्छ । त्यो नैतिक प्रश्नको जवाफको म यहाँ अपेक्षा गर्दिन । तर सरकारले टिकटक बन्द हुनु अघि र बन्द भइसकेपछिको अपराध र विकृती न्यूनिकरणमा भएको प्रतिवेदन कहिले सार्वजनिक गर्छ ? टिकटक बन्दपछि कति व्यवसायी पलायन भए र कति बेरोजगार भए भन्ने पनि सँगसँगै सार्वजनिक हुन्छ की हुँदैन ?’

त्यस्तै प्रधानमन्त्रीले सामाजिक सञ्जाल नियमनसम्बन्त्री विधेयक ल्याउनका लागि विधेयक ल्याउन लागेको बताए । साथै टिकटकबारे सरकारले एकाएक नियन्त्रण गरेको नभइ सत्ता पक्ष र प्रतिपक्षबीचको सहमतीमा बन्द गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?