प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न : ‘आर्थिक वर्षको बाँकी समयमा नयाँ के गर्दै हुुनुहुन्छ ?’

लोकपथ
126
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आर्थिक वर्षको बाँकी रहेको समयमा सरकारले के नयाँ गर्दैछ भन्दै प्रश्न गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आर्थिक वर्षको बाँकी समयमा सरकारले के नयाँ काम गर्न लागेको छ भन्दै प्रश्न गरेका हुन् ।

त्यस्तै अहिले सरकारले अर्थतन्त्रको सुचकांकको अवस्था सकारात्मक रहेको भन्दै सरकारले गरेको दाबी नमिलेको समेत टिप्पणी गरे ।

‘नेपालको अर्थतन्त्रको सुचकांकको अवस्था सकारात्मक छ भन्ने सरकारको दलिल, सरकारको दाबी आंशिक मात्र सत्य छ । अथवा मिल्दैन भन्न पनि मिल्छ । विदेशी मुद्रा संचितिको क्षेत्र सबल देखिन्छ । किनभने विप्रेषणको रकम बढेको छ । आयात घटेको छ । के सरकारले गर्दा विप्रेशणको रकम घटेको हो ? यो बिचमा सरकारले त्यस्तो के गर्यो, त्यसको कारणले गर्दा विप्रेषण बढ् यो भनेर सरकारले भन्न सक्छ ? आन्तरिक उत्पादन बढेर त्यसले प्रतिस्थापन गरेर त्यसको आयात घटेको हो ? होइन बजार सिथिल भएर घटेको हो ।’ थापालेको प्रश्न थियो ।
त्यस्तै आर्थिक वर्षको ६० प्रतिशत समय सकिँदा ४० प्रतिशतको हाराहारीमा मात्र राजस्व उठेको र २१ प्रतिशतको हाराहारीमा मात्र पुँजीगत खर्च भएको बताए । जसको कारण बाँकी समयमा सरकारले के गर्दैछ भन्दै प्रश्न गरे ।

‘यो आर्थिक वर्षको ६० प्रतिशत समय सकिँदै गर्दा ४० प्रतिशतको हाराहारीमा मात्र राजस्व उठेको छ । बल्लबल्ल २० प्रतिशतको छेउछाउमा २१ प्रतिशतको हाराहारीमा पुुँजीगत खर्च भएको छ । यो आर्थिक वर्षको बाँकी रहेको समयमा अहिले गरेको भन्दा, यो गएको ५–७ महिनामा भन्दा फरक गर्दै हुनुहुन्छ ? जसको कारण अहिले नउठेको राजस्व उठ्छ र अहिले नभएको खर्च हुन्छ ?’ उनको प्रश्न रहेको थियो, ‘के नयाँ गर्दै हुनुहुन्छ ? र नियतमा बदलाव ल्याउँदै हुनुहुन्छ ?’

प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको अवस्था सकारात्मक अवस्थामा आइनसकेको स्वीकार गरेका छन् । साथै अर्थतन्त्र संकटबाट मुक्त भएको छ । उत्पादन, रोजगारी र खर्चबाट अर्थतन्त्रलाई लयमा फर्काउने काम हुन नसकेको र सरकार त्यसमा लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?