साल माघ २३ गते मेनुकाका परिवारले सामान्य टिकाटालो गरेर मेनुकालाई अन्माए ।
नुवाकोट जिल्ला फिकुरी वडा नम्बर २ ताजीगाउँकी २४ वर्षिय मेनुका न्यौपाने त्यसपछि धादिङकी बुहारी भइन् ।
छोरीको हात धादिङ त्रिपुरासुन्दरी कार्की गाउँका रुपेश ढुङ्गाना(ज्वाइ)लाई सुम्पिने वेला मेनुकाका बुबाले भनेका थिए, ‘धनसम्पत्ति दिने हैसियत छैन, यही छोरी हो हाम्रो सम्पत्ति, तपाईलाई सुम्पिएँ’ ।
रुपेशले पनि धनसम्पत्ति नचाहिएको जनाउँदै मौन स्वीकृति दिएका थिए तर, विवाहपछि त्यो मौनता तोडियो ।
विवाहको १६ दिनपछि दुल्हन फर्काउन आउँदा मेनुकाले आफूलाई घरमा ‘सुनचाँदी, सरसामान’ नलिइ आएकोमा दबाब दिन थालेको गुनासो पोखिन् ।
छोरीलाई थमथमाउँदै मेनुकाका परिवारले उनलाई घर पठाइदिए ।
घर गइसकेपछि पनि मेनुकाले उताका परिवारले बारम्बार मानसिक तथा शारीरिक यातना दिइरहेको गुनासो पोखिरहेकी थिइन् ।
‘सुन ल्याउन नसक्ने, ६,७ लाख पैसा दिन नसक्ने भए तेरो माइती टेक्दिन’ भन्दै श्रीमान् रुपेशले धम्कीसमेत दिने गरेको उनले आफ्ना भाइ बासुदेवलाई सुनाएकी थिइन् ।
तर, परिवारको आर्थिक अवस्था कमजोर भएकाले दिदीले घरमा यातना झेलिरहँदा पनि आफूले केही गर्न नसकेको बासुदेवले बताए ।
बरु सम्धि ढोगभेट गर्न जाँदा राम्ररी कुरा गरेर मिलाउँला भन्ने पक्षमा थिए मेनुकाका परिवार ।
यही दौरान वैशाख ६ गते फोन गरेर ७ गते आफू माइत आउन लागेको बताइन् मेनुकाले । आधि बाटोसम्म श्रीमान रुपेशले ल्याइदिने भएकाले मेनुकाका कान्छा भाइ आधि बाटोसम्म मात्र लिन जाने भएका थिए ।
यत्तिकैमा घटनामा ट्वीस्ट आयो ।
वैशाख ७ गते साँझ मेनुकाको मृत्युको खबर उनकी दिदीले पाइन् । त्यो पनि मेनुकाको घरबाट नभइ गाउँलेको मुखबाट ।
रुपेशका परिवारलाई घटना कसरी, किन भएको भन्ने प्रश्न गर्दा उनीहरुले सामान्य रुपमा उत्तर दिए, ‘विष खाएर मरेकी हो, अन्त्येष्टिमा आउनु ।’
अघिल्लो दिनसम्म माइत आउँछु भनेकी मेनुकाको भोलिपल्ट मृत्यु हुनु जति शंकास्पद थियो उनको शरीरमा प्रष्टै देखिएको नीलडाम र मुख र नाकबाट आएको रगतले पनि घटना ‘आत्महत्या’ नभइ ‘हत्या’ भएको संकेत गर्ने बताउँछन् मेनुकाका भाइ बासुदेव । ‘दिदीको जिउभरि नीलडाम थियो, नाक र मुखबाट शरीर निथु्रक्क भिज्ने गरी रगत बगेको थियो,’ मेनुकाका भाइ बासुदेव थप्छन्, ‘फेरि उताको परिवारको व्यवहार हेर्दा पनि यो आत्महत्या होइन भन्ने पुष्टि हुन्छ ।’
धादिङ जिल्ला प्रहरीकहाँ उजुरी दिएको भएपनि प्रहरीले ‘अनुसन्धान हुँदैछ’ भन्ने आश्वासनवाहेक केही नगरेको गुनासो पोख्छन् बासुदेव । ‘पोस्ट मार्टमको रिपोर्टसमेत आएको छैन भन्दै ढाकछोप गरिएको छ,’ बासुदेव आक्रोशित हुँदै भन्छन्, ‘घटना आफैमा रहस्यमय छ चाँडो भन्दा चाँडो अनुसन्धान हुनुप-यो ।’
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश विष्टलाई लोकपथले सम्पर्क गर्दा उनले भने, “घटनामा खिचिएको फोटो हेरेर यसै भन्न सकिन्न ।
जिल्ला अस्पताल धादिङबाट प्राप्त भएको रिर्पोटअनुसार विष सेवनबाट मृत्यु भएको संभावनासहितको रिर्पोट आएको छ । भिसेरा अनुसन्धानको लागि राष्ट्रिय कृषि अनुसन्धान परिषद् नार्कपठाइएको छ । प्रहरीले घटनामा शंका लागेको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया