काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको सरुवा भएको छ ।
बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित ३ जनालाई हाजिर जमानीमा छाड्न आदेश दिएपछि उनी विवादमा परेका थिए ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आचार्यलाई जिल्ला अदालत मुगु सरुवा गरिएको हो । उनी तीन महिनाअघि मात्रै सरुवा भएर काठमाडौं जिल्ला अदालत आएका थिए ।
न्यायाधीश आचार्यले व्यवसायी अरुण चौधरीसहित ३ जनालाई छाड्न आदेश दिएका थिए । प्रहरीले अनुसन्धानका लागि २५ दिन राख्न पाउने भए पनि उनले हिरासतमा राख्नु उचित नरहेको भन्दै छाड्न आदेश दिएका थिए ।
उनको आदेशपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत असन्तुष्ट बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया