यातायात व्यवस्था विभागका महानिर्देशकमाथि कालोमोसो

लोकपथ
5.2k
Shares

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि दुव्र्यवहार भएको छ ।

सोमबार बिहान रिजाललाई विभिन्न आरोप लगाउँदै कालोमोसो दलिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी वैद्य निकट मानिने क्रान्तिकारी युवा संगठन नेपालले कालोमोसो दलेको हो ।

उक्त संगठनले विभिन्न आरोप लगाउँदै कालोमोसो दलेको जनाएको छ । नक्कली लाइसेन्स छानबिन प्रतिवेदन सार्वजनिक नगरेको, यातायात विभागको कम्प्युटर सिस्टममा प्रत्यक्ष संलग्न रहेको तथा नक्कली लाइसेन्स वितरण प्रक्रियामा संलग्न भएको लगायतका आरोपहरु लगाइएको छ ।

उनीमाथि कालोमोसो दलिएको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?