१८ फाल्गुन २०८०, शुक्रवार

अधिकांश बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति ? (सूचीसहित)

२०८०,माघ,२९,सोमवार १०:५१

1.926k
Shares

काठमाडौं । फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटाएका छन् ।

एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने अरु १६ बैंकले ब्याजदर घटाएका छन् ।

बैंकहरुले गत साउनबाट निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज गरेसँगै विविधता देखिएको छ । बैंकहरुले आवश्यकता अनुसार ब्याजदर प्रकाशित गरेका हुन् । बढी अवधिको मुद्दति निक्षेपमा बढी र छोटो अवधिको मुद्दति निक्षेपमा कम ब्याजदर रहेको छ ।

कृषि विकास बैंकले फागुनका लागि व्यक्तिगत मुद्धतिमा ६.४ प्रतिशत ब्याजदर तोकेको छ । जबकि माघमा ७.२ प्रतिशत थियो ।

त्यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकले फागुनका लागि ७.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । तर माघमा भने सो बैंकले ८.०७ प्रतिशत ब्याज दिएको थियो ।

त्यस्तै, प्राइम कमर्सियल बैंकले फागुनका लागि ७.४ प्रतिशत ब्याजदर तोकेको छ । सो बैंकले माघमा ८.१ प्रतिशत ब्याजदर दिएको थियो ।

 

 

 

प्रकाशित मिति: २०८०,माघ,२९,सोमवार १०:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको जारी तेस्रो खेलमा नेपालले नामिबियालाई पराजित गरेको छ ।नामिबियाविरुद्ध ३ रनले विजयी भएसँगै

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको जारी तेस्रो खेलमा नेपालले नामिबियाको चौथो विकेट लिएको छ । १ सय ८१

काठमाडौं । कानून निर्माण गर्ने थलो संघीय संसदको प्रतिनिधि सभा बैठक जनताको अवश्यकता परिपूर्ति गर्ने र समस्या समाधानमा केन्द्रीत रहने

भरतपुर भ्रमण वर्ष–२०२४ को उद्घाटन : प्रधानमन्त्रीसहित शीर्ष नेताहरु सौराहमा (लाइभ)

ताजा समाचार

नेपालले नामिबियालाई हरायो
 २०८०,फाल्गुन,१८,शुक्रवार १५:१३
नामिबियाको चौथो विकेट पतन
 २०८०,फाल्गुन,१८,शुक्रवार १४:३८