छोराछोरीको छुट्टाछुट्टै कोठामा मृत्यु, आमाले गरिन् हामफालेर आत्महत्या

लोकपथ
7.4k
Shares

काठमाडौं । ललितपुरमा आमासहित एक छोरा र छोरीको मृत्यु भएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ८ स्थित आफ्नै घरको साढे ३ तलामाथिबाट हामफालेर ३६ वर्षीया रविना महर्जनले आत्महत्याको प्रयास गरेकी थिइन् । घरबाट हामफालेर अचेत अवस्थामा रहेकी रविनाको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी नवराज कार्कीले लोकपथलाई जानकारी दिए ।

त्यसैगरी उनका दुइ बच्चाको समेत मृत्यु भएको छ । एसपी कार्कीका अनुसार ६ वर्षीय छोरा अस्वेत महर्जन र २ वर्षीया छोरी रिभा महर्जनको मृत्युु भएको हो ।

उनीहरुको छुट्टाछुट्टै कोठामा मृत्यु भएको हो । दुवै बालबालिकाको शरिरमा कुनै चोटपटक नलागेको उनले बताए ।

रविना छोराछोरी, श्रीमान र सासुसहित बस्दै आएकी थिइन् । शनिबार बिहानै उनका पति बाहिर गएका थिए । उनको उपचारको क्रममा शनिबार दिउँसो ३ः३५ मा मृत्यु भएको हो भने छोराछोरीको भने अपरान्ह ५ः२५मा अस्पतालले मृत घोषणा गरेको हो ।

अहिले पाटन अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको एसपी कार्कीले बताए । अहिलेसम्म के कारणले घटना भएको भन्ने खुल्न नसकेको उनले बताए ।

‘हामी अनुुसन्धान गरिरहेका छौँ । अहिलेसम्म के कारणले मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन । कुनै सुसाइड नोटहरु समेत फेला नपरेको कारण हामी विभिन्न कोणबाट अनुसन्धानलाई अघि बढाएका छौँ ।’ एसपी कार्कीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?