५३ महिलासँग यौन सम्पर्क राख्नेलाई २४ वर्ष जेल

एजेन्सी, ११ कात्तिक— इटालीका एक युवालाई यौनसम्बन्धी केसमा २४ वर्ष कारबासको सजाय सुनाइएको छ । काराबास सुनाइएका व्यक्ति भ्यालेन्टिनो टालुटोले गलत नियतले ५३ जनासँग यौनसम्पर्क कायम गरेको पाइएपछि २४ वर्षको काराबासको सजाय सुनाइएको हो उनले जानाजान यौनसम्पर्क भएकामध्ये ३० जना महिलामा एचआइभी सारेको अभियोग लागेको थियो सन् २००६ मा एचआइभी भएको पत्ता लागेपश्चात पेशाले लेखापाल रहेका टालुटोले एकपछि अर्को युवती गरी ५३ जनासँग शारीरिक सम्पर्क गरेका थिए तीमध्ये एकजना त १४ वर्षकी मात्र थिइन् सामाजिक सञ्जाल र डेडिङ वेबसाइटमा हार्टली स्टाइल भन्ने नाम राखेर उनले मानिसहरुसँग सम्पर्क बनाउने गरेको बताइएको छसमाचार संस्था एएफपीका अनुसार कण्डम लगाएर शारीरिक सम्बन्ध राख्न आग्रह गरेका महिलाहरुलाई टालुटोले त्यसबाट आफूलाई एलर्जी हुने र हालसालै एचआइभीको परीक्षण गराएको बताउने गरेका थिएकेही महिलाहरु एचआइभीबाट संक्रमित भएपछि उनको कर्तुत पर्दाफास भएको थियो र केस अदालतसम्म पुगेका ेथियो स्थानीय सञ्चारमाध्यमका अनुसार अदालतले फैसला सुनाउँदा पीडितहरु महिलाहरु निकै रोएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?