काठमाडौं । गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै एक युवतीको फोटो सार्वजनिक गरेको आरोपमा प्रहरीले संखुवासभाको चिचिला गाउँपालिका-३ का ३२ वर्षीय केशरमान राईलाई पक्राउ गरेको हो ।
राईलाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले संखुवासभाबाट पक्राउ गरी आजै काठमाडौं ल्याएको हो। राईविरूद्ध सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ। उनीविरूद्ध बलात्कार पीडितको पहिचान सार्वजनिक गर्न कोशिस गरेको आरोपमा मुद्दा अगाडि बढाइने बताइएको छ ।
जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई गत पुष २५ गते ८ वर्ष वर्ष जेल सजाय, ३ लाख जरिवाना र २ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश दिएको थियो । अदालतको उक्त फैसलालगत्तै लामिछानेका समर्थकहरुले पीडित गौशाला २६ भन्दै विभिन्न तस्वीर सार्वजनिक गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?












प्रतिक्रिया