दुनियाँको सबैभन्दा एक्लो व्यक्ति, जो एउटा शहरमा एक्लै बस्छन्

लोकपथ
5.5k
Shares

काठमाडौं । भनिन्छ, एक्लोपनले मानिसलाई खाइदिन्छ । तर संसारमा यस्ता व्यक्तिहरु पनि हुन्छन् जसलाई एक्लोपन मनपर्छ । यस्तै व्यक्तिहरुमध्ये एक हुन् अर्जेन्टिनाका एक बृद्ध । जसलाई एक्लै बस्न मनपर्छ । उनी हर कोहिसँग टाढा रहन्छन्, उनी आफ्नो परिवारसँग पनि टाढा एक्लै एउटा शहरमा बस्छन् । जुन शहर २५ वर्ष सम्म बाढीमा डुबेको थियो ।

जुन आज भग्नावशेषमा परिवर्तन भएको छ । मानिसहरुले यो शहरलाई भुतको बासस्थान पनि मान्न थालेका छन् ।

यसै कारणले यी व्यक्तिलाई दुनियाँको सबैभन्दा एक्लो मानिस मानिएको छ । आज हामी तीनै एक्लो जिन्दगी बिताइरहेका ९३ वर्षीय पाब्लो नोवाकको बारेमा कुरा गर्न गइरहेका छौँ ।

डेली स्टार न्यूज वेबसाइटको रिर्पोट अनुसार, पाब्लो अर्जेन्टिनाको एपेक्युएन नामक शहरमा एक्लै बस्दै आएका छन् । यो शहर अर्जेन्टिनाको ब्युनोस एरिजबाट ४०० किलोमिटर टाढा रहेको छ । सन् १९८५ मा आँधी तुफान आएपछि त्यहाँको बाँध भत्किएको थियो । जसले गर्दा लामो समयसम्म त्यो शहर पानीको दलदलले घेरिएको थियो । एउटा समय यस्तो पनि थियो जुन बेला त्यो शहर महत्वपूर्ण पर्यटकीय स्थल हुने गर्थे, र त्यहाँ ५००० मानिसहरुको बसोबास थियो । पानीको दलदलले गर्दा सबै मानिसहरु त्यो शहर छोडेर अन्यत्र गएका थिए ।

जब सन् २००९ मा पानीको स्तर तल गयो अनि थाहा भयो कि यो शहरको हालत कस्तो भएको थियो भनेर । चारैतिर खण्डर जस्तो घरहरु मात्र बचेको थियो । भाँचिएका कुहिएका बोटबिरुवा रुखहरुमात्र रहेको थियो ।

Ruins of the town of epecuén submerged by the overflow of a lake in 1985

पाब्लो त्यहाँ आफ्नो गाईवस्तु लिएर एक्लै बस्न आएका थिए । उनले खण्डर बनिसकेको एउटा भवनलाई आफ्नो घर बनाए । जसको बाहिर बगैंचा पनि थियो । पाब्लोको नयाँ घर सानो र धुँलोले भरिएको थियो । उनीसँग कुर्सी र पत्रिकाहरुको बन्डल मात्र थियो । त्यहाँ उनी बिना बिजुली बसिरहेका थिए । उनको यो विषयमा परिवारका सदस्यले पनि साथ दिएनन् र नजिकैको शहरमा बस्न गए । त्यसैले उनी यहाँ आफ्नो गाईवस्तु र कुकुरसँग बस्दै आएका छन् ।

आफ्नो उमेरको यो चरणमा आनन्द लिन चाहेको उनी बताउँछन् । त्यसैले गर्दा उनी यहाँ एक्लै बस्न खुसी छन् । डेली स्टारका अनुसार जब यो शहर प्रसिद्ध थियो यहाँ हरेक वर्ष २० हजार भन्दा धेरै पयर्टकहरु घुइँचो लाग्ने गरेको थियो । यो शहरमा एउटा पोखरी थियो । त्यस पोखरीमा छाला सम्बन्धित रोग निको पार्न सक्ने शक्ति थियो भन्ने मान्यता थियो । जसले गर्दा यस शहरमा पयर्टकहरु आउने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?