स्याउ जत्रो आकारको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी


लोकपथ
प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार ०७:५४

टोकियो । जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् ।

ती बालक जन्मदा २२ सेन्टिमिटर अग्ला थिए अर्थात् स्याउको आकारका थिए । रिउसुके सेकिया नाम राखिएका ती बालककी आमा तोशिकामा उच्च रक्तचापकी बिरामी थिइन् । 

चिकित्सकहरुले तोशिकाको २४ हप्ता पाँच दिनको गर्भबाट सफलतापूर्वक सिजेरियन गरी ती बालकलाई जन्म दिएका थिए । गत अक्टोबर १, २०१८ का दिन जन्मेका ती बालकको तौल जन्मदा २ सय ५८ ग्राममात्र थियो ।

जापानमा यो दोस्रो अनौठो घटना हो । यसअघि अघिल्लो वर्ष जापानमै जन्मिएका अर्का एक बालकको तौल २ सय ६८ ग्राम थियो । ती बालकलाई गत फेब्रुअरीमा अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

अस्पतालको इन्टेन्सिभ केयरमा सात महिना राखेपछि रेयुसुकेको तौल १३ गुणा बढेको थियो । अहिले ती बालकको तौल ३ किलोग्रामभन्दा बढी भइसकेको छ । ती बच्चालाई जापानको नागानो बाल अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ । 

जन्मिदा बच्चा यति सानो थियो कि छुँदै भाँच्चिएला जस्तो लाग्थ्यो । मलाई त अति डर लाग्थ्यो, आमा तोशिकाले बताइन् ।

‘अहिले ऊ दूध पिउँछ । हामीले उसलाई नुहाइदिन थालेका छौँ। मलाई अति खुशी लागेको छ,’ उनले भनिन् ।

विश्वमै सबैभन्दा कम तौलकी बालिका सन् २०१५ मा जर्मनीमा जन्मिएकी थिइन् । जन्मिदा उनको तौल २५२ ग्राम मात्र थियो । अति साना बालबच्चाको बाँच्ने दर केटीहरुको भन्दा केटाहरुको कम हुने गर्दछ । 
 

प्रतिक्रिया दिनुहोस
श्रीमतीको बेडरुममा सिसिटिभी जडान, सासूको कडा निगरानी !

काठमाडौं । भारतको त्रिपुराकी एक महिलाले आफ्ना श्रीमानविरुद्ध उजुरी दिन राज्य महिला आयोग

आखिर महिलाले के खोज्छन् ओछ्यानमा ?

ओछ्यानमा के गर्दा महिलालाई चरम सन्तुष्टि दिन सकिन्छ भनी पुरुषहरूलाई प्रबल जिज्ञासा हुन्छ

…अनि हेर्छन् पुरुषले महिलाको वक्षस्थल

‍‍‍‍पुरुषलाई महिलाको के कुराले आकर्षण गर्ला ? महिलालाई झ्वाट्ट हेर्दा पुरुषको आँखा पहिला

जब चराले एक दम्पतिलाई घरमै थुनिदियो, दम्पतिको बिजोग !

समाचार इंग्ल्यान्डको लंकासियर शहरको हो । चराले दुईजना मानिसलाई ज्येष्ठ नागरिक दम्पतीलाई सिगल