भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

भोजपुर । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

बिहीवार साँझ जिल्लाको दक्षिणीइ हतुवागढी गाउँपालिका ९ हसनपुर ज्यामिरेमा को२त८७१४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । 

दुर्घटना सोही ठाउँ निवासी ३७ वर्षीया शान्ति मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्याक्टर सडकबाट करिब ४० मिटर तल खसेको थियो । प्रहरीले चालक मेघराज राईलाई नियन्त्रणमा लिएको छ । 

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?