तनहुँमा शंकास्पद वस्तु फेला

काठमाडौं । तनहुँको भिमाद नगरपालिका कार्यालय अगाडी शंकास्पद वस्तु फेला परेको छ । 

शुक्रवार बिहानै नगरपालिका कार्यालय अगाडी फेला परेको शंकास्पद वस्तु  बम हुन सक्ने आशंकाा गरिएको छ । 

प्रेस कुकरमा तार बेरेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । 

शंकास्पद वस्तु डिस्पोजल गर्ने तयारी भइरहेको प्रहरी नायव निरीक्षक भेषराज रेग्मीले बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?