काठमाडौं । एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले विद्युतको तार शर्ट भएर सवारीमा आगलागी भएको बताएको छ ।
गत पुस ९ गते बुढानिलकण्ठमा दर्ता नं प्रदेश ०१–०२७ ख १५८१ गाडीमा आगलागी भएको थियो । गोरखाका सुदीप लामिछानेले २ वर्षदेखि प्रयोग गर्दै आइरहेको विद्युतीय गाडी चार्जमा राखेको अवस्थामा एक्कासी आगलागी भएको थियो ।
सो विषयमा जानकारी दिँदै एक्कासी विद्युतको तार शर्ट भई आगलागी भई पूर्ण रुपमा जलेको प्रारम्भिक रुपमा देखिएको/बुझिएको कम्पनीले जनाएको छ ।
गत पुस ९ गते साँझ ६ बजे पार्किङ गरी चार्जमा राखेको अवस्थामा बिहान १ः१५ बजे एक्कासी विद्युतको तार शर्ट भइ आगलागी भई पूर्ण रुपमा जलेको कम्पनीको भनाइ रहेको छ । कम्पनीका अनुसार घटनाबारे कम्पनीलाई जानकारी भएपश्चात तत्काल सोही दिन यस कम्पनीका प्राविधिक कर्मचारी समेतको टोलि स्थलगत रुपमा घटनास्थलबारे अवलोकन गरेको कम्पनीले जनाएको छ ।
यता प्रयोगकर्ता लामिछानेले भने सवारीको इन्स्योरेन्सका लागि क्लेम गरिएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया