काठमाडौं । एमजी कम्पनीको विद्युतीय गाडी चार्जमा राखेको अवस्थामा आगलागी भएको पाइएको छ ।
गत पुस ८ गते क्रिसमस ईभको साँझ पार्किङमा राखिएको बागमती प्रदेश ०१–०२७–१५८१ नम्बरको जेडएस गाडीमा आगलागी भएको हो ।
गोरखा नामजुङ घर भइ हाल बुढानिलकण्ठमा बस्दै आएका सुदीप लामिछानेले चार्जमा राखिएको अवस्थामा आफ्नो गाडीमा आगलागी भएको लोकपथलाई जानकारी दिए । आफूले दुई वर्षदेखि प्रयोग गर्दै आइरहेको उक्त विद्युतीय गाडीमा राति १ बजेको समयमा आगलागी भएको बताए ।
‘मैले २ वर्षदेखि प्रयोग गर्दै आइरहेको गाडी चार्ज गरी पार्किङमा राखेको अवस्थामा आगलागी भएको हो ।’ उनले भने ।
आफूले कम्पनीलाई जानकारी गराएको र कम्पनीले अनुसन्धान गरिरहेको लोकपथलाई बताए ।
आफूले कम्पनीलाई जानकारी गराएको र कम्पनीले इन्स्योरेन्स लगायत अन्य विषयमा उत्पादक कम्पनीसँग कुरा गरेको जानकारी दिए । कम्पनीले त्यसबारेमा अनुसन्धान गरेको कारण आफूले आफूसँग भएको कुनै पनि फोटो भिडियो सामग्री बाहिर प्रशारण नगरेको बताए ।
‘अहिले एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले निर्माता कम्पनीसँग समेत कुराकानी गरिरहेको जानकारी आएको छ । इन्स्सोरेन्सका विषयमा समेत कुरा भइरहेको जानकारी प्राप्त भएपछि मैले अहिलेसम्म आफूसँग भएको कुनै पनि भिडियो फोटो सामग्री बाहिर प्रशारण गरेको छैन ।’ उनले भने ।
पारामाउन्ट मोटर्सले त्यस विषयमा निर्माता चाइनिज कम्पनीसँग कुराकानी गरिरहेको उनले बताए ।
आगलागीबाट गाडीमा पूर्णरुपमा क्षती भएको छ । गाडीमा आगलागी भएपछि सो बारेमा प्रहरीलाई राती नै खबर गरिएको र प्रहरीले घटनास्थलमा गरेको अनुसन्धानमा चार्जिङकै कारण गाडीमा क्षती भएको बताइएको छ ।
यता एमजी मोटर्सको आधिकारीक बिक्रेता रहेको पारामाउन्ट मोटर्सले भने त्यस विषयमा आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छैन । लोकपथले पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्याल लगायत अन्यसँग सम्पर्क गरी सो विषयमा जानकारी लिन खोज्दा सम्पर्क हुन सकेको छैन ।
नेपालमा पेट्रोलियम पदार्थको आपूर्ती असहजताको कारण पछिल्लो समय विद्युतीय सवारीको खपत बढ्दो रहेको छ । एकातिर विद्युतीय सवारी महंगो रहेको भनेर आलोचना भइरहेका बेला प्रयोग भएरहेका सवारीमा पनि समस्या देखिएपछि त्यसको विश्वसनीयता घट्ने आँकलन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया