कर्तव्य ज्यान मुद्दाका फरार अपराधी पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसरले  कर्तव्य ज्यान मुद्दाका फरार अपराधी एक जना पक्राउ गरेको छ । 

अपहरण तथा शरिर वन्धक तथा कर्तव्य ज्यान मुद्दा दर्ता भएकोमा अनुसन्धान गर्दा ४ जना संलग्न भएको खुलेको र ३ जना प्रक्राउ गरेको थियो ।

नयाँ बजार बस्ने रसमाया गुरुङ्गलाई श्रीमान विदेश भएको समयमा लाजिम्पाटबाट जबरजस्ति उठाई कलकी स्थित सपना गेष्ठ हाउसको कोठा न १०५ मा लगी जवरजस्ति बन्धक बनाई १ लाखको कागज गराई सोहि कोठाको पंखामा झुण्डाई भागेमा अनुसन्धान गर्दा ४ जना संलग्न रहेको खुलेको थियो । 

कालीमाटीमा अपहरण तथा शरिर वन्धक तथा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।  

फरार प्रतिवादी टाकुर प्रसाद तिमल्सिनालाई कंलकीबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिई मनप्र वृत्त कालीमाटीमा थप अनुसन्धानको पठाईएको परिसर जानकारी दिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?