प्रदेश ३ सरकारद्वारा एक करोड सहयोग घोषणा

हेटौंडा । प्रदेश ३ सरकारले बारा, पर्सा लगायतका आँधीबेहरी पीडितकालागि  आर्थिक सहयोगको निर्णय गरेको छ । 

आज मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश २ सरकारमार्फत एक करोड सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश २ सरकारमार्फत पीडितलाई राहत रकम पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

प्रारम्भिकरुपमा एक करोड सहयोग गरेपनि अन्य सहयोग पनि जारी रहने मुख्यमन्त्री पौडेलले बताए । विपदको घडिमा यो वा त्यो प्रदेश नभनी सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

साथै मुख्यमन्त्री पौडेलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली, आफन्तजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?