बाफलको पुलमुनि युवकको शव फेला

काठमाडौं । काठमाडौंको बाफल पुलमुनि शव फेला परेको छ।

 मंगलबार बिहान करिब ८ बजे शव फेला परेको प्रहरीले जनाएको छ । 

अन्दाजी  २५/२६ वर्षीय युवकको पेटमा सिसाको बोतलले प्रहार गरेको देखिएको छ।

केही समयदेखि उक्त क्षेत्रमा मागेर खाने, मानसिक अवस्था ठीक नभएका युवकको शव भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाई छ । 

स्थानीयले प्रहरीलाई दिएको जानकारी अनुसार उनीसँग अर्का एक युवक पनि सँगै बस्ने गर्थे। कहिलेकाहिँ झगडा गर्ने समेत गरेको स्थानीयले प्रहरीलाई बताएका छन्।

अर्का युवा भने फरार रहेका छन्। फरार भनिएको युवक पनि मानसिक अवस्था गुमेका व्यक्ति हुन्। ती व्यक्तिको खोजी प्रहरीले शुरु गरेको छ । 

घटनाको अनुसन्धान गर्ने प्रहरीले तालिमप्राप्त कुकुर र चिकित्सकको टोली पठाइएको छ । शवको पहिचान भने हुन सकेको छैन ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?