काठमाडौं । नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ आज ‘मंगलवार’ आँधीहुरी प्रभावित जिल्ला बारा र पर्सा जादैँ छन् ।
प्रचण्ड आँधीहुरी प्रभावित जिल्ला बारा र पर्साको निरीक्षणका लागि जान लागेका हुन् । आँधुीहुरीले बारा र पर्साको अवस्था कष्टकर बनेपछि प्रचण्ड प्रभावित क्षेत्रको अवलोकनका लागि आज त्यसतर्फ जान लागेका हुन् ।
आँधीहुरी प्रभावित क्षेत्रको अवस्था बुझ्न प्रचण्ड आज बिहान ११ बजे हवाई यात्रामार्फत बारा र पर्सा जान लागेको प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, प्रचण्डले हावाहुरी पीडितको अवस्थाबारे शुरुमा बारा पुगेर जानकारी लिने कार्यक्रम रहेको बताइएको छ ।
त्यसलगतै उनी हावाहुरी प्रभावित अर्को जिल्ला पर्सा पनि जाने कार्यक्रम रहेको छ । उनले पीडित परिवारसँग भेटघाट गर्नुका साथै राहत वितरण गर्ने कार्यक्रमसमेत रहेको सचिवालयले जनाएको छ ।
यसअघि सोमवार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका थिए । ओलीले अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए ।
आइतवार आएको हावाहुरीले बारा र पर्सामा ठूलो जन–धनको क्षति पुगेको थियो । गृह मन्त्रालयको पछिल्लो जानकारी अनुसार, हालसम्म २७ जनाको ज्यान गइसकेको छ भने सयौंको संख्यामा मानिसहरु घाइते भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया