WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७५ साल चैत १८ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
2. हेलिकोप्टरबाटै बाराको फेटा गाउँपालिका नियाल्दै प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको हावाहुरी प्रभावित क्षेत्र फेटा गाउँपालिकाको हवाई निरीक्षण गरेका छन् । झापाको भद्रपुर विमानस्थलबाट बारा आइपुगेका प्रधानमन्त्री ओलीले सोमवार दिउँसो हावाहुरीबाट सबैभन्दा बढी प्रभावित भएको फेटा गाउँको हेलिकोप्टरबाट निरीक्षण गरेका हुन् ।
3. आज पनि आउँला आँधीबेहरी ? यस्तो छ तीन दिनको मौसम पूर्वानुमान : देशको पहाडी भू- भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशको पहाडी भेगको थोरै स्थानहरुमा र पुर्वी तराई भेगका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिएको हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको समेत पूर्वानुमान महाशाखाको अनुमान छ ।
4. सबेरै बारा पुगेका उपराष्ट्रपतिका छोरा दिपेश राहत तथा उद्धारमा, प्रभावित जिल्लाबाटै गरे यस्तो अपिल (फोटो फिचर) : नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन यतिबेला युवा साथीहरुसहित हावाहुरीले वितण्डा मच्चाएको जिल्ला बारामा उद्धार तथा राहत कार्यमा जुटिरहेका छन् । बारा र पर्सा जिल्लामा हिजो साँझदेखि वेगले हावाहुरी चलेकोमा राति हुरीको बहावले पक्की घरसमेत भत्काउँदा सिंगो देशले अपूर्णनिय क्षति व्यहोरिरहेको यो अवस्थामा पुन यूवा साथीहरुसहितसहित उद्धार तथा राहत कार्यमा दत्तचित्त भएर लागिरहेका छन् ।
5. प्रधानमन्त्री ओली कलैया अस्पतालमा, ‘राहत, उद्धार र उपचारमा कुनै समस्या हुन दिन्न’ : प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रमा राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओली कलैयास्थित अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका छन् ।
6. बारा–पर्सा आँधीबेरीमा गगन थापादेखि बाबुराम भट्टराईद्वारा दुःख व्यक्त, सरकारलाई दिए यस्तो सुझाव : बारा र पर्सा जिल्लामा आइतवार साँझ आएको असिना–पानी सहितको भीषण हावाहुरीका कारण तीन दर्जनभन्दा बढी व्यक्तिहरुको अकालमै ज्यान गएको र सयौं घाइते तथा अंगभंग भएको घटनाप्रति सर्वसाधारण, विभिन्न राजनीति दल, पार्टीका नेता तथा कार्यकर्ताहरुले दुःख प्रकट गरेका छन् ।
7. सडक दुर्घटनामा साउनयता मात्र एक सय ६९ जनाको मृत्यु, (भिडियो सहित ) : पछिल्लो समय सडक सुरक्षा ठूलो चुनौती बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार मृत्युका धेरै कारणहरुमध्ये सडक दुर्घटना आठौँ नम्बरमा छ । नेपालमा अहिले सडक सुरक्षाको जिम्मेवारी मुख्यत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग र ट्राफिक प्रहरीले बहन गरिरहेका छन् ।
8. प्रदेश २ मा (एसइई) परीक्षाको नयाँ तालिका सार्वजनिक : प्रदेश २ मा माध्यमिक शिक्षा एसइई परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा वोर्डले सोमबार सूचना जारी गर्दै स्थगित गरिएको प्रदेश २ को बाँकी परीक्षाहरु यही चैत्र २२ गतेदेखि २९ गते गर्ने निर्णय गरेको हो।
9. मध्यरातमा विनाशकारी हुरीले मच्चायो वितण्डा (फोटोफिचर) : आइतवार साँझ आएको भिषण हावाहुरीले बारा र पर्सामा जनधनको ठूलो क्षति पु(याएको छ ।हावाहुरीका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ भने ७ सयभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
10. मुख्यमन्त्री राउत र प्रधानमन्त्री ओलीबीच फोन वार्ता, राष्ट्रिय शोक घोषणा माग : प्रदेश २ सरकार र संघीय सरकारबीच टेलिफोन वार्ता भएको छ । आइतवार राति आँधीसँगै आएको भीषण वर्षासँगै ठूलो जनधनको क्षति भएको भन्दै संघीय सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न मुख्यमन्त्री लालबाबु राउतले आग्रह गरेका छन् ।
11. मन्त्री सोनलको कडा प्रतिक्रिया, ‘हेलिकोप्टरमा उडेर राहत हुँदैन’ : प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टरबाटै हवाइ निरीक्षण गरेको प्रति प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास जितेन्द्र सोनलले असन्तुष्टि जनाएका छन् । झापाको भद्रपुर विमानस्थलबाट बारा आइपुगेका प्रधानमन्त्री ओलीले सोमवार दिउँसो हावाहुरीबाट सबैभन्दा बढी प्रभावित भएको फेटा गाउँको हेलिकोप्टरबाट निरीक्षण गरेका थिए ।
12. हावाहुरीबाट प्रभावित प्रदेश नं २ को बारा र पर्सामा 'एसइई' परिक्षा स्थगित नहुने,यसो भन्यो बोर्डले : राष्ट्रिय परिक्षा बोर्डले लिने माध्यमिक तहको परिक्षा एसइई जारी छ । प्राविधिक विषयतर्फका विषयहरुकोमात्र परिक्षा बाँकी रहेको छ । एसइई परीक्षा चैत १० गते आइतवारबाट शुरु भएको थियो ।
13. स्कूटी ठक्कर दिएर भाग्ने पछुवा भ्यानलाई ५ सय रुपैयाँ फाइन ! : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको पछुवा गाडीलाई प्रहरीले कारबाही गरेको छ।शुक्रबार बानेश्वर चोकमा स्कूटीलाई ठक्कर दिएर सो गाडी भागेको थियो ।
14. प्राधिकरणको १५ करोड क्षति, बारा पर्सामा मंगलवारसम्म विद्युत् सञ्चालन गरिने : आइतवार साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको १५ करोड बराबरको क्षति भएको छ । बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले जनाएको छ ।
15. डुबान क्षेत्रमा उखु खेतीको विस्तार, ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिने : कैलाली र कञ्चनपुरका बाढी प्रभावित क्षेत्रमा यस वर्ष गर्न लागिएको उखु खेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था, कृषि र सहकारी मन्त्रालयमार्फत उखु खेतीको क्षेत्र विस्तार गर्न सम्बन्धित क्षेत्रका कृषक, कृषक समूह र कृषि सहकारीलाई अनुदानमा बीउ वितरण गरिएको मन्त्रालयका उपसचिव खगेन्द्र शर्माले जानकारी दिए ।
16. प्रधानमन्त्री ओली बाराको स्थलगत अनुगमनमा : प्रधानमन्त्री केपी शर्मा ओली बाराको सिमरा एयरपोर्ट पुगेका छन् । गृह जिल्ला झापामा आज ९सोमवार० हुने तीन वटा कार्यक्रम स्थगित गरेर प्रम ओली प्राकृतिक प्रकोपबाट भएको दुर्घटनाको स्थलगत अनुगमनका लागि बाराको सिमरा पुगेका हुन् ।
17. आज रातिदेखि अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुँदै : मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज ‘सोमवार’ रातिदेखि दैनिक १० घण्टा बन्द हुँदैछ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको हो ।
18. रक्तदानमा जुट्यो काठमाडौँ, घाइतेहरु रगत अभावसँग जुध्दै (भिडियोसहित) : आइतबार राति आएको भिषण हावाहुरी र आँधीबेहेरीका कारण घाइते भएकाहरुको उपचारका लागि रगत अभाव भएको छ ।रगत संकलनका लागि उद्धारमा खटिएका नेपाली सेना तथा नेपाली प्रहरीका जवानहरु र सर्वसाधारण रक्तदानमा जुटेका छन् ।
a. खानेपानी विभागले पठायो हावाहुरी आँधी प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स : बारा र पर्सामा आइतवार राति आएको विनाशकारी हावाहुरी आँधी प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी ९वाटर० एम्बुलेन्स पठाएको छ ।
b.बारा–पर्सा हावाहुरीः २७ मृतकको सनाखत (नामावलीसहित भिडियो) : बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको भीषण हावाहुरीमा परेर मृत्यु भएकाहरुको सूचि सार्वजनिक गरेको छ । मन्त्रालयको सूची अनुसार, ज्यान गुमाउनेमा १२ जना पुरुष र १० महिला छन् । त्यसमा ५ जना बालबालिकासमेत छन् ।
c. कोरियाली भाषा परीक्षाका लागि ९२ हजारको आवेदन : नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको निकै आकर्षण देखिएको छ । कोरियाले सन् २००८ देखि रोजगार अनुमति प्रणाली ९इपिएस० मार्फत नेपाली श्रमिक लैजाने घोषणा गरेयता प्रत्येक वर्ष भाषा परीक्षामा सहभागी हुनेको सङ्ख्या बढेको बढ्या छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया