सप्तरी । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गतको अनिवार्य विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको छ ।
यही चैत १० गतेबाट शुरु भएको एसईई परीक्षा अन्तर्गत आज (बिहीवार) हुने विज्ञान विषयको प्रश्नपत्र सप्तरी जिल्लामा बाहिरिएको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको पुष्टि गरेका छन् ।
उनका अनुसार प्रश्नपत्र बुधवार राती बाहिरिएको आशंका भएतापनि बिहीवार बिहानमात्र पुष्टि भएको हो ।
सप्तरी जिल्लामा पाइएको विज्ञान विषयको प्रश्नपत्रमध्ये केही सक्कली र केही नक्कली फेला परेको पौडेलले जानकारी दिए ।
तर, परीक्षा भने सञ्चालन भइरहेको छ ।
उता विज्ञान विषयको परीक्षा रद्द गर्ने वा अन्य कुनै विकल्प खोज्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया