चैत १३ गते का १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल चैत १३ गते  देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा  LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

 

1. पाँच लाख धरौटी बुझाएपछि पूर्वमन्त्री न्यौपाने रिहा :  पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेलाई विशेष अदालतले रिहा गर्न आदेश दिएको छ । विशेष अदालतका मुख्य न्यायधीश बाबुराम रेग्मीसहित तीन न्यायाधीशको संयुक्त इजलासको ५ लाख धरौटीमा गरेको थियो । 

 

2. धमाधम पक्राउ पर्दै विप्लवका कार्यकर्ता को कहाँबाट पक्राउ परे  ? (विवरणसहित ) :  गत फागुन २४ गते ‘छुट्टै मधेस’ हुनुपर्ने भन्दै पृथकतावादी गतिविधि गरिरहेका डा सिके राउत र सरकारवीच ११ बुँदे राजनीतिक सहमति भयो । उक्त सहमतिलाई सिके राउत र नेपाल कम्यिुष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासीक सहमति भनिरहँदा आमजनमानसमा भने सो सम्झौता शंंकास्पद नै थियो ।

 

3. एसईई परीक्षाबारे अनविज्ञ हुन् विप्लव, १६ गते नेपाल बन्द हल्ला कि साँच्चै प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले यही चैत १६ गते ९शनिवार० नेपाल बन्दको आह्वान गरेको छ । तर, चैत १६ गते माध्यमित शिक्षा परीक्षा ९एसईई०मा स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको परीक्षा परेको छ । 

 

4. यसवर्ष नेपालमा १० अर्ब लगानी गर्ने एनआरएनको प्रतिबद्धता : गैरआवासिय नेपाली संघ ९एनआरएन० ले यस वर्ष नेपालमा १० अर्ब लगानी गर्ने भएको छ । एनआरएनएका उपाध्यक्ष तथा लगानी तथा वाणिज्य प्रवर्द्धन कार्यदलका अध्यक्ष कुमार पन्तका अनुसार नेपालका पूर्वाधार विकासमा सरकारसँग मिलेर सो लगानी गर्न लागिएको हो । 

5. कानून मन्त्रीले हाने श्रम तथा रोजगार कार्यालयमा ‘रेड’ :  श्रम तथा रोजगार कार्यालय जनकपुरमा पटक पटक आईरहेको गुनासोलाई मध्य नजर गर्दै प्रदेश २ का आन्तरीक तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बुधवार अनुगमन गरेका छन् । 

 

6. ‘विप्लव’ नेतृत्वको नेकपाका तीन नेता धरौटीमा रिहा :  रोल्पाका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन नेता धरौटीमा रिहा भएका छन्। २४ दिन हिरासतमा बसेका गंगादेव गाउँपालिकाका टीकाराम परियार, सुनिल स्मृति गाउँपालिका(१ घोडागाउँका नेपेन्द्र सेन र रोल्पा नगरपालिका(४ लिबाङका लालबहादुर सुनार रिहा भएका हुन्।  

 

7. निर्मला बलात्कारपछि हत्या प्रकरणः डिएसपी जिसीलाई रिहा गर्न अदालतको आदेश : 
 केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०का तत्कालिन डिएसपी अंगुर जिसीलाई रिहा गर्न जिल्ला अदालत कञ्चनपुरले आदेश दिएको छ । कञ्चनपुरकी १३ वषीृया बालिका निर्मल पन्त घटनाको अनुसन्धानका क्रममा अत्यावश्यक प्रमाणहरु नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालिन डिएसपी जिसीलाई बुधवार जिल्ला अदालत कञ्चनपुरले नौ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

8. प्रचण्डको अमेरिका भ्रमणले राजनीतिक रुप लिँदै :  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकी विदेश मन्त्रालयमा राजनीतिक भेटवार्तामा व्यस्त छन् ।यही चैत ३ गते पत्नी सीता दाहालको उपचारका लागि भन्दै अमेरिका प्रस्थान गरेका अध्यक्ष प्रचण्ड यतिखेर विभिन्न राजनीतिक दलका नेताहरुसँगको भेटवार्तामा व्यस्त छन् । 

9. लगानी सम्मेलनको पूर्वसन्ध्यामा प्रि–लगानी सम्मेलको आयोजना हुँदै :  काठमाडौंमा शुक्रवार र शनिवार हुने लगानी सम्मेलनको तयारी स्वरुप बिहीवार सरकराले प्रि–लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । बुधवार सिंहदरबारस्थित अर्थमन्त्रालयको हलमा आयोजना गरिएको पत्रकार सम्मेलननमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सो जानकारी दिएका हुन् । 

 

10. तपाइँलाई महत्व नलाग्ने सूचना कतै आपराधिक गतिविधिका त होइनन् :  समाजमा हुने कुनै पनि गतिविधिको पहिलो साक्षी स्थानीयवासी नै हुन्छन् । घटना हुँदा प्रहरीले अनुसन्धानको महत्वपूर्ण आधार स्थानीयवासीको भनाइलाई नै लिएका हुन्छन् । समुदायको भरपर्दो सूचनाले धेरै घटनाका चुरो पत्ता लगाएर दोषीलाई कानूनी कारवाही गरिएका उदाहरण छन् । 

11. लगानी सम्मेलन  उब्जिएका प्रश्न र केहि थान चुनौती  :  'स्वर्ग जाने लिस्नो नबनोस्' लगानी सम्मेलन

 

12. भारत युद्धको उन्मादबाट ग्रस्त छ – प्रधानमन्त्री इमरान खान : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत निर्वाचनको संघारमा रहेकाले केही गर्न सक्ने आशंका व्यक्त गरेका छन् । फाइन्यान्शल टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा खानले सो कुरा बताएका हुन् । 

13. उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारसम्बन्धी छलफल कार्यक्रम सम्पन्न :  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा नेपाल प्रहरी क्लब भृकुटीमण्डपमा ‘उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारको लागि तयार पारिएको ३ महिने कार्य योजना २०७५’ सम्बन्धमा सरकारी तथा गैरसरकारी निकायसँग छलफल कार्यक्रम मंगलवार सम्पन्न भएको छ । 

14. अन्तरिक्षमा राखिएको भूउपग्रह खसाल्न भारत सफल – भारतीय प्रम मोदी :  भारतले बुधवार पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भूउपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । भारतको उक्त सफलतासँगै अब अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमा उक्लिएको पनि प्रधानमन्त्री मोदीले दाबी गरे । 

15. रुस र भेनेजुएलाबीच २० वटा सम्झौताको तयारी :  रुस र भेनेजुएलाबीच ऊर्जा र शिक्षा समेतका विभिन्न क्षेत्रमा सहयोग सम्बन्धी २० वटा विषयमा सम्झौता हुन लागेको भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले बताएका छन् । “अप्रिलमा रुस र भेनेजुएलाबीच अन्तरसरकारी सहयोग सम्बन्धी उच्चस्तरीय कार्यदलको बैठक बस्दैछ ।

16. ९० मिनेटसम्मै हरेक मिनेटमा गोल गर्ने रोनाल्डो र इब्राहिमोबिच, मेस्सी कुर्दैछन्,  १ र २  मिनेट :  हेडलाइन्स पढेर ओ हो ! भनेर आँखीभौ तन्काउनु भयो होला हैन रु अपत्यारीलो जस्तो लाग्ने यो यथार्थ हो । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र स्वीडेनका इब्राहिमोबिचले खेलको १ देखी ९० मिनेटको समयमा सबै मिनेटमा गोल गरेका छन् । 

 

17. बोइङ ७३७ म्याक्स आकस्मिक अवतरण  :  इन्जिनमा समस्या आएपछि साउथवेस्ट एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ मोडेलको हवाई जहाज स्थानीय समयअनुसार मङ्गलवार आकस्मिक अवतरण गर्नु परेको छ । 
यही मोडेलका विमान इथियोपिया र इन्डोनेसियामा छ महिनाका अन्तरालमा दुर्घटनाग्रस्त भइसकेका छन् । 

 

 

18. विश्व स्कुल भलिबल खेल्ने खेलाडीसहितको टोलीलाई बिदाई   : क्रोएसियामा आयोजना हुने विश्व स्कुल भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई बिदाई गरिएको छ ।  ९ खेलाडीसहितको १५ जनाको टोलीलाई नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र मदन भण्डारी स्पोर्ट्स एकेडमीका अध्यक्ष विनोद श्रेष्ठ विदाई गरेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?