काठमाडौं । पश्चिमी वायुको प्रभावले आज (बुधवार) मौसम बदलीसँगै काठमाडौं उपत्यकासहित देशका केही क्षेत्रमा आंशिक बदली भई वर्षा हुने सम्भावना रहेको छ भने बाँकी भागमा मौसम सामान्यतया रहनेछ ।
पूर्वी भेगका एक–दुई स्थानहरुमा मध्यान्हपछि मेघ गर्जनसहितको क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै राती पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम सामान्यतया रहने महाशाखाले जनाएको छ ।
बिहीवार भने पश्चिमी क्षेत्रमा तथा पूर्वी र मध्यको पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया रहनेछ । त्यस्तै पहाडी भेगका एक–दुई स्थानहरुमा मध्यान्हपछि मेघ गर्जनसहितको हल्का वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । राती भने पहाडी क्षेत्रमा आंशिक बदली भई पानी पर्ने सम्भावना रहनेछ भने बाँकी क्षेत्रमा मौसम सामान्यत रहनेछ ।
पहाडी क्षेत्रमा शुक्रवार वर्षाको सम्भावना देखिएको मौसम शाखाले जनाएको छ ।
पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम सामान्यत रहनेछ ।
पहाडी भेगका एक–दुई स्थानहरुमा मध्यान्हपछि भने मेघ गर्जनसहितको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भने रातिको समयमा आंशिक बदली भइ वर्षाको सम्भावना रहेको र बाँकी स्थानमा भने मौसम सामान्यतया सफा रहने छ ।
महाशाखाको पछिल्लो विवरण अनुसार आज बिहान ८ बजेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस र अधिकमत तापक्रम १६ डिग्री सेल्सिएस रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया