१३ आश्विन २०८०, शनिवार

भारत भर्सेस श्रीलंका : यस्तो छ हेड टु हेड

२०८०,भाद्र,३१,आईतवार १४:३४

207
Shares

काठमाडौं । एसिया कप २०२३ को उपाधिका लागि आज भारत र श्रीलंकाबीच खेल हुँदैछ ।

फाइनल खेलमा श्रीलंका र भारत दुवैटोली एक अर्कालाई हराएर उपाधी चुम्न चाहान्छन् । एसिया कपमा आठौं पटक भारत र श्रीलंका आमनेसामने भएका छन् ।

एकदिवसीय होस् वा टी–२०, एसिया कपको फाइनलमा भारत र श्रीलंका सात पटक आमनेसामने भएका छन् । जसमध्ये भारतले चार खेल जितेको छ भने तीन फाइनलमा श्रीलंकाले जित निकालेको छ ।

फाइनलमा दुवै टोली आमनेसामने भएको यो आठौं पटक हो । यसअघि सन् १९८८ एसिया कप, १९९०/९१ एसिया कप, १९९५ एसिया कप, १९९७ एसिया कप, २००४ एसिया कप, २००८ एसिया कप, २०१० एसिया कपको फाइनलमा भारत र श्रीलंका आमनेसामने भइसकेका छन् । भारतले सन् १९८८, १९९०/९१, १९९५ र २०१० को उपाधि खेलमा श्रीलंकालाई हराएर च्याम्पियन बनेको थियो । यससँगै श्रीलंकाले सन् १९९७, २००४ र २००८ को एसिया कपको फाइनलमा भारतलाई हराएर च्याम्पियन बनेको थियो ।

१३ वर्षपछि यी दुई टोली फेरि यस प्रतियोगिताको फाइनलमा आमनेसामने भएका छन् ।

भारत र श्रीलंकाको टोली अहिलेसम्म एकदिवसीयमा १६६ पटक आमनेसामने भएका छन् । जसमध्ये भारतले ९७ र श्रीलंकाले ५७ खेल जितेको छ । ११ खेल निर्णायक र एक खेल बराबरीमा रोकिएका थिए । यसपटक कुन टोलीले जित निकाल्छ र विश्वकपअघि आफ्नो तयारीलाई कार्यान्वयन गर्छ त्यो हेर्न खेलको नतिजामा भर पर्नेछ ।

यो पनि पढ्नुहोस् : भारत भर्सेस श्रीलंका : वर्षा बाधक भए के हुन्छ ?

प्रकाशित मिति: २०८०,भाद्र,३१,आईतवार १४:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । महिला ह्यान्डबलमा नेपालको चुनौती शनिबार समाप्त भएको छ । समूह ‘बी’ को तेश्रो तथा अन्तिम खेलमा भारतले नेपाललाई

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको छ । भियतनामले नेपाललाई २५–४, २५–१६ र

काठमाडौं । इ–स्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलबाटै बाहिरिएको छ । १९औँ एसियाली खेलकुदअन्तर्गत शनिबार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले १९औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा नेपालले विश्व कीर्तिमानहरू कायम राख्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०