१३ आश्विन २०८०, शनिवार

भारत भर्सेस श्रीलंका : वर्षा बाधक भए के हुन्छ ?

२०८०,भाद्र,३१,आईतवार १३:४२

1.458k
Shares

काठमाडौं । एसिया कप २०२३ को फाइनल खेल आज भारत र श्रीलंकाबीच हुँदैछ । विश्वकपअघि दुवै टोलीले आफ्नो तयारी पूरा गर्ने मौका पाएका छन् । प्रतियोगिता सुरु हुनु अघि फ्यानहरू भारत-पाकिस्तान फाइनलको आशा गरिरहेका थिए। पाकिस्तान प्रतियोगिता जित्ने दावेदार मानिएको टिम मध्ये एक रहेको थियो । खराब प्रदर्शन देखाएको पाकिस्तान दुई खेल हारेर सुपर फोरबाट बाहिरिएको थियो ।

श्रीलंकाको टोली डिफेन्डिङ च्याम्पियन पनि हो । उनले गत वर्ष टी–२० फर्म्याटमा यो प्रतियोगिता जितेका थियो । अब श्रीलंकालाई सात पटकको एसिया कप च्याम्पियन भइसकेको भारतको चुनौतीका रुपमा उभिएको छ ।

Colombo Weather LIVE: Rain to effect IND vs SL Asia Cup Final

एसिया कप २०२३ का धेरै खेलहरुमा वर्षा बाधक बनेको थियो । आज हुने फाइनल खेलमा पनि वर्षा बाधक बन्ने सम्भावना कायमै छ । यस वर्ष एसिया कप हाइब्रिड सूत्रमा खेलाइएको थियो । प्रतियोगिताका चार खेल पाकिस्तानमा खेलिएको थियो । सोही क्रममा श्रीलंकामा सुपर फोर र फाइनलसहित नौ खेल खेलाइएकाने हो । तर, श्रीलंकामा खेलिएका लगभग सबै खेल वर्षाले प्रभावित भएका छन् । समूह चरण र सुपर फोरका खेलहरू बीच-बीचमा सञ्चालन भए, ओभर पनि घटाइएको थियो । समूह चरण र सुपर फोरका केही खेलमा लगभग पूरै रंगशाला खाली नै रह्यो ।

घरेलु टोली श्रीलंका र भारत–पाकिस्तानबीचको खेलमा पनि दर्शकको भिड थिएन । तर, श्रीलंका–पाकिस्तान खेलका बेला रंगशाला खचाखच भरिएको थियो । श्रीलंकाको टोली फाइनलमा पुगेपछि रंगशाला खचाखच भरिने सम्भावना रहेको छ । यद्यपि, वर्षाले भने फेरि खेलमा अवरोध ल्याउन सक्छ।

india vs sri lanka colombo weather live updates in hindi rain forecast for  ind vs sl final asia cup 2023 Today match day - India vs Sri Lanka Colombo  Weather LIVE: क्या

कस्तो छ आज कोलम्बोको मौसम ?

एकुरेटवेदरका अनुसार आइतबार कोलम्बोमा बादल लाग्ने छ। बिहान केही स्थानमा पानी परेको छ भने दिउँसो पनि पानी पर्ने सम्भावना रहेको छ । रिपोर्टका अनुसार कोलम्बोमा आज ९० प्रतिशत पानी पर्ने र चट्याङको ५४ प्रतिशत सम्भावना रहेको छ । स्थानीय समय अनुसार बिहान १० बजे, दिउँसो १ बजे, साँझ ६ बजे, बेलुका ८ बजे र बेलुका १० बजे मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । खेल दिउँसो ३ बजे सुरु हुने र वर्षाका कारण सुरु हुन ढिलाइ हुन सक्छ ।

LIVE - Colombo Weather, Sept 15, Asia Cup 2023: Rain Threat LOOMS!

आइतबार कोलम्बो मौसम : 

दिउँसो २ बजे : तापमान- २८ डिग्री सेल्सियस, वर्षाको सम्भावना -४९ प्रतिशत

३ बजे:  तापक्रम-२५ डिग्री सेल्सियस, वर्षाको सम्भावना-४५ प्रतिशत

४ बजे: तापमान-२९ डिग्री सेल्सियस, वर्षाको सम्भावना-४९ प्रतिशत

५ बजे: तापमान-२९ डिग्री सेल्सियस, वर्षाको सम्भावना-४९ प्रतिशत

६ बजे:तापमान-२७ डिग्री सेल्सियस, वर्षाको सम्भावना-६१ प्रतिशत

७ बजे: तापमान-२७ डिग्री सेल्सियस, वर्षाको सम्भावना-४९ प्रतिशत

८ बजे: तापमान-२७ डिग्री सेल्सियस, वर्षाको सम्भावना-५७ प्रतिशत

९ बजे: तापमान-२८ डिग्री सेल्सियस, वर्षाको सम्भावना-४९ प्रतिशत

१० बजे: तापमान-२७ डिग्री सेल्सियस, वर्षाको सम्भावना-६५ प्रतिशत

११ बजे: तापमान-२७ डिग्री सेल्सियस, वर्षाको सम्भावना-४९ प्रतिशत

खेलको नतिजाका लागि कम्तिमा २० ओभरको खेल आवश्यक

खेल पूरा गर्न दुवै टोलीले २०–२० ओभर खेल्नुपर्नेछ । तर, जसरी सुपर फोरमा भारत र पाकिस्तानबीचको खेलका लागि रिजर्भ डे राखिएको थियो, त्यसैगरी एसिया कपको फाइनलका लागि पनि रिजर्भ डे राखिएको छ । यदि आजको खेल पूरा हुन सकेन भने वर्षाका कारण आज समाप्त भएको ठाउँबाट सोमबार खेल सुरु हुनेछ ।

अम्पायरहरूले आज पूरा ओभर बलिङ गर्ने प्रयास गर्नेछन्। यदि वर्षाले खेल अवरुद्ध भयो भने कम्तिमा २० ओभर खेलाउनेछन् । यदि यो पनि सम्भव भएन भने खेल सोमबार रिजर्भ डेमा खेलिनेछ।

यदि रिजर्भ डेमा पनि पानि परे के हुन्छ ?

कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुने खेल रिजर्भ डेमा पनि वर्षाका कारण खेल हुन नसकेमा दुवै टोली भारत र श्रीलंकालाई संयुक्त विजेता घोषणा गरिनेछ । श्रीलंकामा हुने बहुराष्ट्रिय प्रतियोगिताको फाइनलमा यस्तो नतिजा आउने यो पहिलो पटक भने होइन। २००२ च्याम्पियन्स ट्रफीको फाइनलमा भारत र श्रीलंकालाई संयुक्त विजेता घोषित गरिएको थियो किनभने फाइनल वर्षाले धोएको थियो।

प्रकाशित मिति: २०८०,भाद्र,३१,आईतवार १३:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वरिष्ठ मनोचिकित्सक डा. अनन्तप्रसाद अधिकारीको ‘सर्वाइवल नोट’ नामक कवितासंग्रह लोकार्पण गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा डा.

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व बागमती प्रदेश वन तथा वातावरण मन्त्री विशाल खड्काले भ्रष्टाचारका चाङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरू हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०