प्रधानमन्त्री ओलीले ओढाए पर्यटनमन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

काठमाडौं । बुधवार हेलिकप्टर दुर्घटनामा दिवंगत भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएका छन् । 

शुक्रवार बिहान टुँडिखेलमा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका हुन् । 

यसैगरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको झण्डा समेत ओढाएका थिए । पाथीभरा मन्दिर दर्शन गरेर फर्कनेक्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभिरमा बुधवार दिउँसो भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, सफल पर्यटन उद्यमी तथा यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, हेलिकोप्टर पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षागार्ड नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधन भएको थियो ।

हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित सातै जनालाई अन्तिम श्रद्धाञ्जली दिन पार्थिव शरीर टुँडिखेलमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?