‘म किन . अनागरिक ?’

झापाकी अप्सरी बेगमले थाइल्यान्डमा सम्पन्न महिला विश्वकपको एसियाली छनोट प्रतियोगितामार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरिन् । योसँगै उनको पहिचान नेपालको पहिलो मुस्लिम अन्तर्राष्ट्रिय महिला क्रिकेटरका रूपमा रह्यो । यू १९ हुँदै क्षेत्रीय टोलीबाट राष्ट्रिय प्रतियोगितामा स्थापित भएकी मध्यक्रमकी ब्याट्सवुमन अप्सरीको करिअरको ग्राफ उकालो लाग्दै छ । डेब्यु अन्तर्राष्ट्रिय खेलमा हङकङविरुद्ध उनले २४ रनको निर्णायक इनिङ्स खेलेर आफूलाई प्रमाणित गरिन्, जसकै कारण नेपालले जित हात पार्‍यो ।

अप्सरीले अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान कायम गरिन् । देशको गौरव राख्ने खेलाडीले आफ्नै पहिचान भने अहिलेसम्म पाएकी छैनन् । १९ वर्ष भइसक्दा पनि नागरिकता बन्न सकेको छैन । नागरिकता नभएकैले पासपोर्ट नबन्दा पहिलो अन्तर्राष्ट्रिय सहभागिताबाट वञ्चित भइन् । दोस्रोपल्ट भने ट्राभल डकुमेन्ट्सको सहारामा थाइल्यान्ड उडिन् । उता पुगेपछि अध्यागमनले रोक्यो र जमानी बसे प्रशिक्षक विनोद दास । कान्तिपुरले खबर छापेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?