ऊर्जामन्त्री वर्षमान पुन अचेत, नर्भिक अस्पताल भर्ना

काठमाडौं– ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन अचेत भएका छन् । एक्कासी चक्कर लागेर अचेत भएपछि उनी नर्भिक अस्पताल भर्ना भएका हुन् ।

नर्भिक अस्पतालका प्रेस सल्लाहकार आरपी मैनालीले उनी बिहीबार साँझ अस्पताल भर्ना भएको बताए ।

‘उहाँ अहिले बेलुका अस्पताल भर्ना हुनुभएको छ । सीसीयूमा राखेर उपचार सुरु गरिएको छ’, उनले भने ।

उनको उपचारमा डा यादव भट्टराईको टोली खटिएको छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?