WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७५ साल फागुन १६ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1. पासाङ ल्हामु शेर्पाका साँहिला देवर थिए आङछिरिङ शेर्पा, यसरी अस्ताए : ताप्लेजुङ्गको फुङलिङ नगरपालिका १० सिस्नेभिरमा बुधवार भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित ६ जनाको मृत्यु भयो । दुर्घटनामा परि मृत्यु हुनेमा हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, नागरि उड्डयन प्रविकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र अर्जुनकुमार घिमिरेको मृत्यु भएको हो ।
2. पोस्टमार्टमा सकिन अझै समय लाग्ने, टुँडिखेलको श्रद्धाञ्जलीसभा भोलिसम्मका लागि स्थगित : बिहीवार दिउँसो तीन बजे हुने भनिएको श्रद्धाञ्जली सभा भोलिसम्मका लागि स्थगित भएको छ । बुधवार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको पोस्टमार्टमा अझै समय लाग्ने भएपछि टुँडिखेलमा आजको लागि तय भएको श्रद्धाञ्जलीसभाा भोलि शुक्रवारसम्मको लागि स्थगित भएको हो ।
3. शुक्रवार यति एयरलाइनसका सबै उडान बन्द हुने : शुक्रवार यति एयरलाइन्सका सबै उडान बन्द हुने भएको छ । पाथीभरा मन्दिर दर्शन गरेर फर्कनेक्रममा ताप्लेजुङ्गको फुङलिङ नगरपालिका १० सिस्नेभिरमा बुधवार दिउँसो भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनको शोकमा शुक्रवार र यति एयरका सबै उडान बन्द हुने भएको हो ।
4. देशभक्त छोरो मर्दा देशै रुदो रै 'छ (भिडियोसहित ) : आज देश शोकामा डुबेको छ । रोइरहेको छ । देशमा राष्ट्रिय शोक घोषणा गरिएको छ । मृतकका परिवारमात्र नभएर देशविदेशका नेपाली शोकमा डुबेको यो घडीमा वातावरणसमेत धुमिल छ । शोकमा डुबेको छ ।मौसमले समेत साथ दिएको छैन ।
5. हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाकै शव पोष्टमार्टमका लागि अस्पतालमा : दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव ताप्लेजुङबाट काठमाडौ ल्याइएको छ ।त्रिभुवन विमानस्थलबाट उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालतर्फ लगिएको छ ।
6. शुक्रबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगन : आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक शुक्रवार दिनको ३ बजे बस्ने गरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आज एक सूचनामार्फत् आजको बैठक स्थगन भएको जानकारी दिए । बुधवार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत सात जनाको निधन भएकामा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेकाले प्रतिनिधिसभाको बैठक बस्न नसक्ने उनले जानकारी दिए ।
7. पर्यटनमन्त्री अधिकारी र पीएसओ घिमिरेको शव पहिचान, अन्यको ‘डीएनए टेस्ट’ हुने : ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनमा मृत्यु भएका ७ जना मध्ये पर्यटनमन्त्री रवीन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको मात्रै पहिचान भएको छ । बुधवार दिउँसो ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको थियो ।
8. राप्रपाको राष्ट्रिय स्वाभिमान मेची महाकाली यात्रा, आज बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज झापाको बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने भएको छ । बुधवारदेखि ताप्लेजुङ सदरमुकाम फुङलीनबाट शुरु गरेको राष्ट्रिय स्वाभिमान मेची महाकाली यात्रामा रहेको राप्रपाले आज ९बिहीवार० झापाको बिर्तामोडमा शक्ति प्रदर्शन गर्न लागेको हो ।
9. पार्टीको झण्डा आधा झुकाउने नेकपाको निर्णय, तीन दिनसम्म शोक पुस्तिका राखिने : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज पार्टीको झण्डा आधा झुकाउने भएको छ । बुधवार दिउँसो हेलिकोप्टर दुर्घटनामा परि निधन भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको शोकमा नेकपाले आज पार्टीको झण्डा आधा झुकाउने नेकपा सचिवालय बैठकले निर्णय भएको हो ।
10. दुर्घटनाअघि मन्त्री अधिकारीले भनेका थिए– म एकदमै हतारमा छु : आठराई गाउँपालिका–६, चुहानडाँडामा विमानस्थल बनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको सपना अधुरै रह्यो । तीन वर्षभित्र बनाइसक्ने गरी अन्तिम सर्वेका लागि बुधबार अपराह्न चुहानडाँडा आएका मन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मगाउँमा विमानस्थल बनाउने सपना अधुरै रहेको हो ।
11. सशस्त्रका १९ जना डीएसपीले गरे स्टाफ कोर्स : सशस्त्र प्रहरी बलले सञ्चालन गर्दै आएको तेस्रो समूहको ‘एपीएफ कमान्ड तथा स्टाफ कार्स’ अन्तर्गत सशस्त्र प्रहरी नायब उपरीक्षक ९डीएसपी० भरत खनियाले ‘बेस्ट कमान्ड एन्ड स्टाफ कोर्स अवार्ड’ प्राप्त गरेका छन् । यसैगरी, सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश उप्रेतीले बेस्ट एकेडेमिक अवार्ड र देवराज अर्यालले बेस्ट रिसर्च अवार्ड प्राप्त गरेका छन् । गत वर्षको ४ असोजबाट १८ महिना सञ्चालित यो कोर्समा १९ जना डीएसपीको सहभागिता रहेको थियो ।
12. इन्जिनियर भोछिभोयको घर बनाउने सपना अधुरै : ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परेका छन् बनेपाका इन्जिनियर ध्रुवदास भोछिभोय पनि । काठमाडौं बागबजार बस्दै आएका ध्रुवका ८५ वर्षीय बाबु गोकुलदास र ८४ वर्षीया आमा रामकुमारी भने बनेपास्थित पुरानो घरमा बस्दै आएका छन् । ध्रुव एक्ला छोरा हुन् ।१० दिनअघि बनेपा आउँदा ध्रुवले पुरानो घर भत्काएर नयाँ बनाएपछि परिवार सबै बनेपामै बस्ने योजना सुनाएका थिए । तर उनको बनेपा सर्ने सपना अधुरै रह्यो ।
13. शाहाज्यादा पारसलाई चुनौती दिने चर्चित विद्यार्थी नेता : दुई दशकभन्दा बढी समय विद्यार्थी आन्दोलनमा बिताएका रवीन्द्र अधिकारी तत्कालीन शाहाज्यादा पारस शाहलाई चुनौती दिएर चर्चामा रहे ।शाहको गाडीले ठक्कर दिएर संगीतकार प्रवीण गुरुङको मृत्यु भएपछि उनलाई कारबाहीको माग गर्दै रवीन्द्रको नेतृत्वमा ५ लाख २३ हजार हस्ताक्षर संकलन गरेर राजदरबारमा बुझाइएको थियो ।
14. आफ्नै कम्पनीको हेलिकोप्टर दुर्घटनामा परेर अस्ताए आङछिरिङ : ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेखोलानजिक हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सबै सातजनाको निधन भएको छ ।आजको नयाँ पत्रिका दैनिक लेख्छ– नेपाली नागरिक उड्डयन क्षेत्रका सबैभन्दा शक्तिशाली र सफल व्यवसायी थिए आङछिरिङ शेर्पा ।यती, तारा र हिमालयन एयरलाइन्सका सञ्चालक शेर्पाको एयर डाइनेस्टी हेली सर्भिस प्रालिमा पनि लगानी छ ।
15. १६ हजार कर्मचारी समायोजन बाँकी : संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि फाराम भरेकामध्ये अब करिब १६ हजार निजामती कर्मचारीलाई मात्र समायोजन गर्न बाँकी छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन महाशाखा प्रमुख सहसचिव केदार पनेरुका अनुसार मंगलबारसम्म तीनवटै तहमा गरी ४५ हजार २ सय ७१ जना कर्मचारीको समायोजन सकिएको छ ।
16. काठमाडौं उपत्यका वरिपरि हिमपात (फोटोफिचर) : लगातारको वर्षाले आज राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ ।जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि, चम्पादेवी, फुलचोकी, लेले, चापागाँउ, गोदावरी, लुभु, लामाटार भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।
17. कराँते महासंघको एकीकरण : दुई कराँते महासंघको महत्वपूर्ण एकीकरण भएको छ । राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ का सदस्य शम्भुप्रसाद आचार्यको अध्यक्षतामा कराते महासंघ पुनर्गठन गरी बुधवार युवा तथा खेलकुद मन्त्रालयमा एकीकरणको घोषणा गरिएको हो ।
18. भारत–पाकिस्तान तनाव चुलिँदो : भारतले पाकिस्तानको बालाकोटमा गरेको हवाई हमलापछि दुई देशबीच तनाव चुलिएको छ । भारतीय लडाकु विमानले पाकिस्तानको बालाकोटमा जैश–ए–मोहम्मदको तालिम केन्द्र भन्दै आक्रमण गरेपछि मंगलबार दिनभर रणनीतिक छलफलमा रहेको पाकिस्तानले बुधबार भारतीय क्षेत्रमा प्रवेश गरी जवाफी कारबाही गरेको छ । भारतका यी दुई सैन्य महिला, के उनीहरुले पाकिस्तानमाथि हवाई हमाला गरेकै हुन् ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया