काठमाडौं । काठमाडौंको दहचोकमा १३ वर्ष पछि हिउँ परेको छ । योसँगै दहचोकमा हिउँ खेल्न पुग्नेको संख्यामा वृद्धि भएको छ ।
धार्मिक, ऐतिहासिक, राजनैतिक, पुरातात्विक एवं पर्यटकीय महत्व बोकेको दहचोकमा १३ वर्ष पछि हिउँ परेको हो ।
राजधानीको दक्षिण, पश्चिमी भेगमा अवस्थित दहचोमा हिउँ परेसँग आन्तरिक पर्यटको घुइचो लागेको चन्द्रागिरी नगरपालिका स्थानीय समाज सेवी रामनारायण घिमिरेले बताए ।
काठमाडौं, ललितपुर भक्तपुरको नगरकोटलगायत काभ्रे क्षेत्रमा आज हिमपात हुँदा चिसो बढेर जनजीवन प्रभावित भएको छ ।
१३ वर्ष अघि २०६२ साल फागुन ३ गते पछिकै दोश्रो चोटी बाक्लो हिउँ परेको छ ।
दहचोकमा हिउँ परेपछि होटल व्यवसायमा समेत उत्साहित भएको स्थानीय होटल सञ्चालक हरिश्याम राना मगरले बताए ।
हिमपातका कारण चन्द्रागिरी भालेश्वर, दहचोक, नैकापलगायतका पर्यटकीय क्षेत्रमा बिहानैदेखि यातायात सञ्चालनमा समेत समस्या देखिएको छ ।
शहरी क्षेत्रमा लामो समयपछि हिउँ परेकाले स्थानीय भने बिहानै देखि हिउँमा रमाएका छन् ।
फोटो : राेशन दानी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया