कटुवा पेस्तोलसहित कपिलवस्तुबाट कुर्मी पक्राउ

शम्भू माली / कपिलवस्तु । प्रहरीले एक थान कटुवा पेस्तोलसहित कपिलवस्तुबाट एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कपिलवस्तु कृष्णनगर नगरपालिका ९ बहादुरगन्ज बस्ने वर्ष २९ को बजरङ्गी कुर्मी पक्राउ गरेका हुन् । 

बिहीवार बिहान कृष्णनगर नगरपालिका १ डबारा चोकबाट बहादुरगन्जतर्फ जाँदै गरेको शंकास्पद अवस्थामा कुर्मी पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले कटुवा पेस्तोल एक थान र सोहि पेस्तोलमा प्रयोग हुने खोका एक थान बरामद गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जानकारी दिएको छ । 

पक्राउ परेका कुर्मीलाई प्रहरी नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक अचुत्मप्रसाद पुडासैनीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?