काठमाडौं । दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव ताप्लेजुङबाट काठमाडौ ल्याइएको छ ।
त्रिभुवन विमानस्थलबाट उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालतर्फ लगिएको छ ।
बुधवार ताप्लेजुङमा भएको दुर्घटना हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित दुर्घटनामा हेलिकप्टरका क्याप्टेन प्रभाकर केसीसहित मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानथमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र अर्जुनकुमार घिमिरेको मृत्यु थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया