मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय

काठमाडौं । बुधवार दिउँसो हेलिकोप्ट दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको शव श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने भएको छ । 

घटनास्थलबाट संकलन गरेका सबै शवहरु ताप्लेजुङको सुकेटार विमानस्थल लगिएको छ । मौसम खराब भएकाले सुकेटार विमानस्थल काठमाडौं ल्याउन समस्या भइरहेको छ । 

मौसममा सुधार भएलगत्तै शवहरु काठमाडौं पठाइने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

शवहरू काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ । 

पोस्टमार्टम गरेलगत्तै अन्तिम श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने छ । श्रद्धाञ्जलीपछि शव मृतकका आफन्तलाई जिम्मा लगाइने छ ।

स्रोतका अनुसार श्रद्धाञ्जलीपछि मन्त्री अधिकारीको शव गृहजिल्ला कास्की लैजाने बताइएको छ । 

यसैगरी सरकारले मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । 

यसैगरी बुधवार हेलिकोप्टर दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक मन्त्रीपरिषद्को बैठक बोलाएका थिए । सो बैठकले मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गर्नुका साथै मन्त्री अधिकारीसहित ६ जनाको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै सरकारले आज (बिहीवार) सार्वजनिक बिदा दिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?