पर्यटनका हस्ती आङ्छिरिङ शेर्पाको अवसान

काठमाडौँ–नेपालको सामाजिक आर्थिक विकासमा उल्लेखनीय योगदान दिएका पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको ताप्लेजुङको दारेढुङ्गामा आज भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ ।
यति एयरलायन्ससहित विभिन्न पर्यटन क्षेत्रसँग सम्बद्ध शेर्पा पर्यटन क्षेत्रका एक हस्ती थिए ।
उनले थामशेर्कु ट्रेकिङ, यति एयरलाइन्स, तारा एयरलाइन्स, हिमालयन एयरलाइन्स तथा गोकर्ण रिसोर्टको स्थापना गरी पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएको थियो । यति एयरलाइन्सका प्रबन्ध निर्देशकशेर्पा आफ्नै कम्पनी यति एयरलाइन्समा सन् १९९८ सेप्टेम्बर २१ देखि कार्यरत रहनुभएको सो एयरलाइन्सका वरिष्ठ अधिकारी भीम राईले जानकारी दिए ।

शेर्पाले थामशेर्कु ट्रेकिङको कार्यकारी निर्देशक तथा यति माउन्टेन होम्स तथा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्देशक पनि भई सेवा गरेका थिए ।
उनको लगानी डाइनेष्टी एयरलायन्सका साथै केही होटेलमा पनि छ । शेर्पाका श्रीमती र दुई छोरा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?