हेलिकप्टर दुर्घटना अपडेट : पर्यटनमन्त्री अधिकारीसहित ६ जनाको मृत्यु

काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएको छ । 

बुधवार ताप्लेजुङमा भएको दुर्घटना हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित  हेलिकप्टरमा सवार सबैको मृत्यु भएको हो ।  

पर्यटनमन्त्री अधिकारी, यति एयरलाइन्सका मालिकसहित ६ जना सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको पुष्टि भएको छ ।  

दुर्घटनामा हेलिकप्टरका क्याप्टेन प्रभाकर केसीसहित मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानथमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र अर्जुनकुमार घिमिरेको मृत्यु भएको हो ।

मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर तेह्रथुमको अठराई गाउँपालिमा रहेको चुहानडाँडा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो ।

हेलिकप्टरमा आगो लाग्दै खसेको स्थानीय विद्यालयका विद्यार्थीहरुले देखेका थिए । स्थानिय शिक्षकले करिब १ः३० बजे प्रहरीलाई खबर गरेकामा सिडियोसहित प्रहरीको टोली ३ः१५ बजे घटनास्थल पुगेको थियो । 

यसैबीच प्रधानमन्त्री निवास बालुटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषदको आकस्मिक बैठक बोलाएका थिए । 

कल साइन एएमआई (अल्फा माइक इन्डिना) कल साइन भएको उक्त हेलिकप्ट काठमाडौंबाट बुधवार बिहान ८ः३० बजे उडेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?