हेलिकप्टर दुर्घटना अपडेट : पर्यटनमन्त्रीसहित को–को थिए हेलिकप्टरमा ?

काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । 

पर्यटनमन्त्री अधिकारी, डाइनेस्टी एयरका प्रमुखसहित ६ जना सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको हो । 

मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर तेह्रथुमको अठराई गाउँपालिमा रहेको चुहानडाँडा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो ।कल साइन एएमआई (अ

ल्फा माइक इन्डिना) कल साइन भएको उक्त हेलिकप्ट काठमाडौंबाट बुधवार बिहान ८ः३० बजे उडेको थियो । 

हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा,नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख  ध्रुवदाश बजिमय, प्रधानथमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए । घिमिरे पनि प्रधानमन्त्री कार्यालयमा कार्यरत रहेको बताइएको छ।

ताप्लेजुङका डिएसपी सञ्जयसिंह थापासहितको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटना बारे थप विवरण आउन बाँकी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?