काठमाडौं । काठमाडौंबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका १२ ह्युमत मयलवारी डेरा गरी बस्ने ५५ वर्षीय चाउरे तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले तामाङसहित सात जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट ३१ हजार ५ सय ८० रुपैयाँ र १ बुक ताससहित मंगलवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया