काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण बिहीवार साँझसम्म देशभरको मौसम बदली हुने पूर्वानुमान छ ।
काठमाडौं उपत्यकामा बिहान घाम लागेपनि फेरि बादल लाग्ने र पानी पर्ने सम्भावना रहेको मौसमविद पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी भागका अधिकांश स्थानमा भने पानी परिरहेको मौसमविद् मन्जु बासीले बताए ।
उनले भनिन्, ‘पश्चिमतिरका अधिकांश जिल्लामा पानी परिरहेको छ । चितवन र बारामा पनि डिस्टर्व छ । विराटनगरमा छिटपुट वर्षा भएको छ भने अब विस्तारै माथितिर सर्दै काठमाडौंमा पनि पानी पर्छ । सोलुखुम्बुको लुक्लामा पनि पानी परेको छ ।’
पश्चिम, मध्य र पूर्वी भागका उच्च स्थानमा हिमपात भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य, पश्चिम र पूर्वी भूभागको मौसम बिहीवार बेलुकीसम्म बदली हुने छ भने शुक्रवारबाट मौसममा क्रमिक सुधार आउने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया