५ मिनेटको फरकमा वटा भूकम्पको झड्का

काठमाडौं– पाँच मिनेटको फरकमा मंगलबार सिन्धुपाल्चोक र दोलखा केन्द्रबिन्दु भएर दुई वटा भूकम्पका धक्का गएको छ। सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.१ र दोलखा केन्द्रबिन्दु भएर ४.४ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार दिउँसो ४ बजेर १५ मिनेट जाँदा दोलखा केन्द्र बिन्दु भएर ४.४ रिक्टरस्केलको भूकम्पको धक्का गएको थियो । यस्तै ४ बजेर २० मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.१ रिक्टरस्केलको भूकम्पको अर्को धक्का गएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?