सुन प्रकरण : महराका छोरा राहुल पक्राउ

लोकपथ
581
Shares

काठमाडौं । इलेक्ट्रिक चुरोट (भेप) भित्र लुकाएर ल्याएको सुन प्रकरणमा जाेडिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।

आज केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले उनलाई पक्राउ गरेको हो ।

२०७९ पुस १० गते चिनियाँ व्यापारीले भेपभित्र लुकाएर ल्याएको सुन विमानस्थल भन्सारले समातेको थियो । तर त्यसलाई छुटाउन महराका बाबुछोराले भूमिका खेलेको आरोप रहेको छ ।

माओवादी नेतृत्वको सरकार रहेका बेला उनीहरुलाई पक्राउ नगरिएको भन्दै आलोचना भइरहेको थियो । आज सिआइबीमा बयानका लागि पुगेका बेला उनीहरुलाई उनीहरुले पक्राउ गरिएको हो ।

आफूमाथि त्यतिकै हिलो छ्यापेको भन्दै आज आफै स्वयम सिआइबीमा जाने बताएका थिए । करिब एक घण्टा अघि सामाजिक सञ्जालमा सो कुरा जानकारी गराएका उनी सिआइबी पुगेका हुन् ।

‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स सैलिमा मिडिया ट्राएल गरी हामी माथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम ऋक्ष्द्य मा उपस्थित भै अनुसन्धानमा सहजिकरण गर्दैछु। नविराउनु, नडराउनु ।’ उनले भनेका थिए ।

यो पनि
महरा बाबुछोरा जोगाउन प्रहरीको प्रयास, तस्करसँग जोडिएका राहुलको बयानसम्म लिइएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?