काठमाडौं । जनकपुरमा ११ वर्षीया बालिका दुतिया रैसेलीको सामूहिक बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।
मिथिला नगरपालिकामा गत बिहीवार आधा शरीर जलेको अवस्थामा फेला परेकी रैसेलीको सामूहिक बलात्कारपछि हत्या भएको खुलेको हो ।
प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनुषाले गरेको अनुसन्धानका क्रममा एक आरोपीलाई पक्राउ गरेको बताए । साथै अनुसन्धानका क्रममा घटनापछि बालिकाको पहिचान लुकाउन शवलाई जलाइएको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरी आरोपित नजिक पुगेको बताउँदै प्रदेश प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले भने, घटनाको अनुसन्धानमा भने सफलता पाएको बताए ।
मृतक बालिका बोल्न नसक्ने अपाङ्ग हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया