काठमाडौं । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ ।
सिनामंगलमा रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दान बहादुर कार्कीले लोकपथलाई जानकारी दिए ।
शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको कार्कीले जानकारी दिए ।
‘शंकास्पद वस्तु फेला परेको खबर प्राप्त भएको छ । टोली घटनास्थल पुगिसकेको छ । शंकास्पद वस्तु फेला परेको वरपरको क्षेत्रलाई नियन्त्रणमा लिएका छौं ।’ उनले भने ।
आवश्यक परेको अवस्थामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाउने पनि उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया