काठमाडौंमा शनिवारसम्म पानी पर्ने, हिमाली भेगमा हिमपात

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका पश्चिमी भेगका अधिकांश स्थानमा वर्षा भइरहेको छ भने दार्चुला, हुम्ला, डोल्पालगायतका स्थानहरुमा हिमपात भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकाशं स्थानमा समान्यदेखि पूर्ण बदली भई वर्षा हुनेछ ।

पश्चिमी र मध्य भेगका धेरै स्थानमा मध्यम वर्षा र पूर्वी भेगका केही स्थानमा हल्का वर्षा हुनेछ । 

पश्चिम र मध्य भु–भागका केही भने मेघगर्जन सहित भारी वर्षा हुने महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ ।

मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ । 

शनिवारदेखि भने पश्चिम नेपालबाट मौसम खुल्दै जाने महाशाखाले बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?