संघमै दरबन्दी कायम गर्न कर्मचारीको चलखेल

काठमाडौं–‘संघमै दरबन्दी कायम गर्न कर्मचारीहरूले चलखेल गर्न थालेपछि कर्मचारी समायोजन प्रक्रिया सुस्ताएको छ। मुख्य सचिव, सचिवको संघमै समायोजन गर्ने कार्यमा तीव्रता लिए पनि पछिल्लोपटक सहसचिव, उपसचिव र शाखा अधिकृतको समायोजनले अपेक्षाकृत तीव्रता लिन नसकेको पाइएको हो। नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

संघमै दरबन्दी कायम राख्ने कर्मचारीले सामान्य प्रशासन मन्त्री र मन्त्रालयका उच्चपदस्थ कर्मचारीलाई दबाब दिएपछि समायोजन सकस बन्दै गएको छ। तथापि प्रदेश र स्थानीय तहमै बढी दरबन्दी छ।

सहसचिवको प्रस्ताव मन्त्रिपरिषद्मा छलफल हुँदै गर्दा उपसचिवको समायोजनले पूर्वघोषितअनुरूप नहुँदा समायोजन प्रक्रिया सुस्ताएको थियो। प्रशासन सेवाको मात्रै प्रक्रिया शुरू गर्दा प्रदेश र स्थानीय तहमा जानेको संख्या अत्यन्तै न्यून देखिने मन्त्रालयले जनाएको छ।
७ वटा प्रदेशमा दुई र दुई जनाका दरले १४ जना राजस्वका उपसचिव समायोजनमा जाने भएपछि उनीहरूलाई संघमै राख्न आएको दबाबसँगै नतिजा निकाल्न ढिलाइ भएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?