लागूऔषधसहित तनहुँबाट तीन जना पक्राउ

तनहुँ । प्रहरीले तनहुँ बन्दिपुर गाउँपालिका वडा १ चिसापानीबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तनहुँ बन्दिपुर गाउँपालिका १ बस्ने वर्ष २६ का  ईन्द्र बहादुर बाचे मगर, वर्ष ३० को बहरुल अमिन मियाँ र धादिङ गल्छी गाउँपालिका १ बस्ने वर्ष २४ को भुपेश अधिकारी छन् । 

शंंकास्पद अवस्थामा भेटिएका उनीहरुको तलासी गर्दा मगरको साथबाट डाईजेपामा सिसि २ एम्पुल, फेनरागन सिसि ४ एम्पुल र नुफिन सिसि १ एम्पुल फेला परेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

पक्राउ परेका उनीहरुलाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । 

त्यस्तै प्रहरीले सोधपुछ गर्ने क्रममा मियाँको कोठाबाट डाईजेप सिसि ६ एम्पुल, फेनरागन सिसि ६ एम्पुल, नुफिन सिसि ६ एम्पुल र ट्रमाडाल क्याप्सुल २३० वटा फेला परेको छ । 

पक्राउ परेका उनीहरुलाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । 

विज्ञप्ती पढ्नुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?