रुकुम-कहिल्यै नाम नसुनिएको तर गत वर्षदेखि खुबै चर्चामा आएको एउटा ठाउँ हो– रुकुमपूर्वको गोलखाडा। गतवर्ष तत्कालीन देउवा सरकारले नयाँ हिमाली जिल्ला रुकुमपूर्वको सदरमुकाम गोलखाडा तोक्ने निर्णय गरेसँगै यो ठाउँ चर्चामा आएको हो।
सरकारले गोलखाडालाई सदरमुकाम तोकेपछि स्थानीयले दीपावली पनि गरे तर यो खुसी धेरै दिन टिकेन। सरकारले चलिरहेको अस्थायी सदरमुकाम रुकुमकोटबाट गोलखाडा सार्न मन्त्रिपरिषद्बाट निर्णय गराए पनि न त्यहाँ कुनै संरचना थिए, न सरकारी कार्यालय नै तत्काल त्यहाँ जान माने। बरु, रुकुमकोटमा चर्को असन्तुष्टि देखियो र सर्वोच्च अदालतमा रिट नै दायर भयो। सर्वोच्च अदालतले गोलखाडा सदरमुकाम नसार्न अन्तरिम आदेश जारी गरेपछि केही समय मत्थर भएको सदरमुकाम विवाद अहिले पुनः बल्झेको छ।
यसअघिका आन्दोलनहरू रुकुमकोटको पक्षमा बढी केन्द्रित हुने गरे पनि अहिले भने गोलखाडा पक्षधरहरू पनि रुकुमकोटबासीजत्तिकै सशक्त देखिका छन्। उनीहरूले मंगलबार रुकुमकोटमै प्रदर्शन गर्ने निर्णय गरेका थिए तर प्रदर्शनमा झडप हुने खतराले विभिन्न क्षेत्रको आग्रह र जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेपछि उनीहरूले गोलखाडा पक्षधरले गोलखाडामै प्रदर्शन गरे। तर, उनीहरू गोलखाडाको प्रदर्शनसँगै रुकुमकोटतर्फ अघि बढेका छन्, सम्भवतः बुधबारसम्म रुकुमकोटनजिक पुग्नेछन्।
मंगलबार गोलखाडाको दृश्य निकै फरक थियो। ‘सोमबार साँझदेखि नै झोला र लठ्ठीसहित गाउँगाउँबाट स्थानीयवासी आउन थालिकेका थिए’– स्थानीय जयमान बुढाले भन्नुभयो– ‘मंगलबार बिहानसम्म विगतको युद्धकालकै झल्को दिने गरी समूहसमूहमा भेला भएर प्रदर्शन थालिएको थियो।’ उनीहरू प्रदर्शनपछि रुकुमकोटतर्फ हिँडेका छन्, झण्डै पाँच हजारको संख्या रहेका सुदूर रुकुमपूर्वका बासिन्दा लामबद्ध भएर युद्धकालकै छापामारको शैलीमा हिँडेका छन्। नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया