१४ आश्विन २०८०, आईतवार

मकवानपुरमा मिटरब्याजीविरुद्ध ६० वटा उजुरी

२०८०,जेष्ठ,१४,आईतवार ०७:३४

18
Shares

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मिटरब्याजविरुद्ध ६० वटा उजुरी परेको छ । नेपाल सरकारले वैशाख १६ गतेदेखि मिटरब्याजविरुद्ध उजुरी दिन आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मिटरब्याज पीडितले उक्त सङ्ख्यामा उजुरी दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मकवानपुर जिल्लाअन्तर्गत हेटौँडा उपमहानगरपालिका पीडितबाट २६, मकवानपुरगढी गाउँपालिकाका पीडितबाट छ, भीमफेदीका पीडितबाट १२ , कैलाश गाउँपालिकाका पीडितबाट तीन, इन्द्रसरोवर गाउँपालिकाका पीडितबाट तीन एवं मकवानपुर जिल्लासँग सम्बन्धित रहेको मुद्दा काठमाडौँका दुई र ललितपुरका एक जनाको उजुरी परेको छ ।

मिटरब्याजको धन्दा सञ्चालन गर्ने समूहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट उजुरी परेको उनले जानकारी दिए । उजुरी दर्ता गर्ने समय आजसम्म रहेको र दर्ता अवधि सकेपछि दुवै पक्षलाई बोलाएर छलफल सुरु गरिने सो कार्यालयको मुद्दा दर्ता शाखाले जनाएको छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१४,आईतवार ०७:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निगम सुधारका लागि बनेको दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको समितिले नेपाल वायुसेवा निगमलाई सोल्टी होटलको साढे ४ अर्बको सेयर बिक्री

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरूलाई फिर्ता बोलाउनु पर्ने बताएका छन् । आईतबार काठमाडौंमा आयोजित

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी केन्द्रीय सभापति पनि सबै पार्टी सदस्यले मतदान गरेर चुन्न पाउनुपर्ने बताएका छन्

काठमाडौं । एकसय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न भएको छ । फराकिला हिमशृङ्खला, सूर्योदय र

ताजा समाचार

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न
 २०८०,आश्विन,१४,आईतवार १८:०८