१३ जेष्ठ २०८०, शनिवार

नक्कली भुटानी शरणार्थी प्रकरण : आजबाट बयान शुरु हुँदै, न्यायाधीश न्यौपानेको इजलासमा पेशी

२०८०,जेष्ठ,१२,शुक्रवार १२:००

54
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको आजबाट बयान शुरु हुँदैछ ।

जिल्ला अदालत काठमाडौंमा आजबाट सो प्रकरणमा पक्राउ परेका १६ बयान शुरु हुन लागेको हो । सो प्रकरणमा १६ जना पक्राउ परेका छन् फरार १४ गरी ३० जना मुछिएका छन् ।

उक्त मुद्दाको पेशी काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तोकिएको छ । उनीहरुको बयान र उक्त मुद्दाको बहस २ हप्ताजति लाग्ने बताइएको छ ।

सो प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री बालकृष्ण खाँणसहितका १६ जनाको बयान न्यायाधीश न्यौपाने समक्ष हुने भएको हो ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

बुधबार प्रहरीले उनीहरुसँग अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१२,शुक्रवार १२:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा शुरु भएको छैन । बैठक शनिबार दिउँसो ४ बजे बोलाइएको भएपनि समयमै शुरु हुन

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११