विमान उड्नै लाग्दा पाइलटबीच नै कुटाकुट

नयाँदिल्ली– भारतमा  जहाजका पाइलटबीच कुटाकुट भएको छ ।  लखनउस्थित अमौसी एयरपोर्टमा बैंगलोरका लागि उड्न लागेको  एयर इन्डिगोको विमानका दुई पाइलटबीच जहाजमै कुटाकुट भएको हो ।

पाइलटबीचको झगडापछि उनीहरु जहाज उडाउनै छाडेर एयरपोर्टबाट बाहिरिए । यसका कारण जहाज पौने चार घण्टासम्म एयरपोर्टमै रोकिएको बताइएको छ ।

इन्डिगो एयरलाइन्सको विमानलाई चौधरी चरण सिंह अन्तरराष्ट्रिय एयरपोर्टबाट दिउँसो २ बजेर २० मिनेटमा लखनउबाट उडान भरेर अपरान्ह ४.३५ बजे बैंगलोर जानुपर्ने थियो । शनिवार जब यात्री एयरपोर्टको धावनमार्ग पुगे तब विमान ढिलो उड्ने थाहा पाए ।

धेरै ढिलासम्म विमान रनवेतर्फ नगएपछि यात्रीले एयरहोस्टेसलाई सोधेर पाइलटको झगडा थाहा पाए । एवई सिरिजको सिटमा बसेका यात्रुका अनुसार दुवै पाइलटले कुटाकुटपछि जहाज उडाउन अस्वीकार गरेका थिए । त्यसपछि पाइलटहरु जहाजबाट बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?